भिडियो निर्देशनमा पहिचान खोज्दै अमृत

बिगत लामो समय देखी बिज्ञापन तथा म्युजिक भिडियोमा छायांकनमा राम्रो छाप बसाईसकेका अमृत सुनुवार भिडियो निर्देशन् प्रती पनि केन्द्रित हुन थालेका छन्

आर्टिस्ट नेपाल

बिगत लामो समय देखी बिज्ञापन तथा म्युजिक भिडियोमा छायांकनमा राम्रो छाप बसाईसकेका अमृत सुनुवार भिडियो निर्देशन् प्रती पनि केन्द्रित हुन थालेका छन् । आशुशेन लामा, मलिना राई लगायतका आर्टिस्टको म्युजिक भिडियो निर्देशन् गरिसकेका अमृत सुनुवारले पछील्लो समय एक नयाँ गायक देब याक्थुङ लिम्बुको ‘हिड्दै छु…….’ बोलको गीतको पनि निर्देशन् गरेका हुन् ।

जोरपाटी स्थित क्लब मोसिसमा छायांकन गरिएको यस् गीतमा एउटा सानो असमजदारीले पनि मायामा तगारो उत्पन्न हुन्छ, तसर्थ आ-आफ्नो गल्ती स्विकार्न थाल्यो भने माया दिगो हुनेकुरालाई प्रस्टाउन खोजिएको कुरा निर्देशक अमृतले आर्टिस्ट नेपाललाई बताए ।

अमृत सुनुवारकै निर्देशन् तथा छायांकन तथा निशान घिमिरेको सम्पादनमा आगामी हप्ता रिलिज हुने यस् भिडियोमा एकदेब , क्रिस्टी र कन्चनले अभिनय गरेका छन् । आर एन्ड बि क्याटोगरीको यो गीतमा गायक देबलाई बिनु योन्जन तथा र्यापमा एम सी लुरेले साथ दिएका छन् ।

About the author

Artist Sansar