बाल गायक आयुष घिमिरेको आवाजमा ‘आमा’

बाल गायक आयुष घिमिरेको आवाजमा सजिएको ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पाठकको शब्द रहेको यस गीतमा डेनी निरौलाले संगीत भरेका छन् । भिडियोमा नायिका पुजना प्रधान र आयुष घिमिरेको अभिनय देख्न सकिन्छ ।

आमाले आफ्नो सन्तानलाई जन्माई सकेपछि हुर्काउन गरिएको संघर्स, त्याग , माया र पीडालाई गीतमा देखिएको छ। गीतलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन् ।