फ्राइडे रिलिज: दुई नेपाली फिल्मसँगै एक विदेशी फिल्म एकसाथ भिडदै

Written by Artist Sansar

काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज नेपाली सिनेमा हलमा तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मी सुपरगोर्खे र एकलव्यसँगै भारतीय फिल्म ‘जजमेन्टल हे क्या’ प्रदर्शनमा आएका हुन्।

अनमोल शर्मा निर्देशित फिल्म ‘एकलव्य’ लाई सोनम थापा मगरले निर्माण गरेका हुन्। फिल्ममा सोनम थापा मगर, ओशिन भट्टराई, पुष्कर राउत, महिमा शिलवाल, सुशिल पोखरेल, सुष्मा कार्की, राजेन्द्र दुलाल लगायतका कलाकारले अभिनय रहेकोफ छ। अर्जुन जिसीले सम्पादन गरेको यस फिल्ममा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ।

त्यस्तै, फिल्म ‘सुपरगोर्खे’ लाई राज थापाले निर्देशन गरेका हुन्। किरण माइकलको लेखेन रहेको यस फिल्ममा ऋचा सिंह ठकुरी, निराजन लुइटेल, सचिन केसी, विनय दाहाल, सुरज सिंह ठकुरी लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्ममा सौरभ लामाको छायांकन रहेको छ भने ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापाले संयक्त लगानी गरेका छन्।

कंगना रनावत र राजकुमार राव अभिनित बलिउड फिल्म ‘जजमेन्टल हे क्या’ पनि आजबाटै प्रदर्शनमा आएको छ। कमेडी ड्रामा र सेस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई प्रकाश कोभेलामुडीले निर्देशन गरेका हुन्। जजमेन्टल हे क्यालाई कनिका ढिल्लोले लेखेकी हुन्। फिल्ममा कगंना रनाउत र राजकुमार रावको मुख्य भूमिका रहेको छ।

About the author

Artist Sansar