प्रकाश सायमी एकल प्रस्तुतिमा

Written by Artist Sansar

नेपाली संगीत ,चलचित्र, तथा साहित्यमा लामो समय देखि क्रियाशील प्रकाश सायमी फाल्गुन ….

नेपाली संगीत ,चलचित्र, तथा साहित्यमा लामो समय देखि क्रियाशील प्रकाश सायमी फाल्गुन १४ गते एकल कार्यक्रम लिएर प्रस्तुत हुनुहुने भएको छ । चलचित्रकर्मी , कबि तथा गीतकार, समालोचक , रेडियोकर्मी लगायत बिधामा चर्चित प्रकाश सायमी लामो समय पछि पुन: एकल कार्यक्रममाँ प्रस्तुत हुन लग्नुभएको हो ।

शुभारम्भ द मुजिकल जर्नीको सगौरब प्रस्तुतिमा आर्टिस्टनेपाल डटकम र ग्ल्यामरनेपाल डट कमको संयोजन रहेको उक्त कार्यक्रममा युबा चर्चित गायक शैलेश सिंहले प्रकाश सायमीका एकल गीत गायन गर्नुहुनेछ । जसमा उपेन्द्रले लियानोमा साथ दिनुहुनेछ ।

ललितपुरको मोक्ष क्याफेमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित कलाकार जोडी इतु जोजिजु र रामभक्त जोजिजु दम्पती अतिथी गायकको रूपमा रहनु हुनेछ । साथै उक्त दिन जोजिजु दम्पतिको भि.सी.डी. पनि सार्बजनिक गरिने भएको छ ।

About the author

Artist Sansar