पूर्व काउन्सिलर धनकिरणले ल्याए “किन हो किन”

Written by Dipen Bhetwal

बेलायतकै पहिलो नेपाली मुलका काउन्सिलर एबम गायक तथा गीतकार धन किरण गुरुङले “किन हो किन” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । बेलायतबाट लामो समयदेखि सांगीतिक क्षेत्रमा संलग्न रहेका उनले आफ्नी श्रीमती अल्का गुरुङको नामबाट उक्त गीत डिजी प्रोडक्सन हाउसमार्फत बजारमा ल्याएका हुन् ।

म्यूजिक भिडियोमार्फत् गायक तथा संगीतकार गुरुङले आफ्नै छोरा आशिक गुरुङलाई ‘डेब्यू’ समेत गराएका छन् । आफ्नै बाबुको म्यूजिक भिडियोमार्फत् अभिनयमा डेब्यू गरेका आशिक आफै पनि म्यूजिक कम्पोजर हुन् । बेलायतबाटै ग्राफिक डिजाइनिङ इन्जिनियरको अध्ययन पूरा गरेका उनले म्यूजिक टेक्नोलोजी र फोटोग्राफीमा पनि डिप्लोमा गरेका छन् । बाबुसँगै मिलेर डिजी प्रोडक्सन चलाइरहेका आशिकले प्रोडक्सन स्पेसलिस्टका रुपमा म्यूजिक कम्पोजिङ, रेकर्डिङ, मिक्सिङ लगायतका कार्यमा दख्खल राख्छन् ।

प्रभु गुरुङको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा आशिक गुरुङ र सुब्रिना लिम्बुले अभिनय गरेका छन । उनै धन किरण गुरुङ र दिपा लामा राइले स्वरबद्ध गरेको सो गीतमा सुरथ प्रधानले एरेन्ज तथा सुमन खड्काले मिक्सिङ तथा मास्टरिङ्ग गरेका छन् ।

गीतको रेकर्डिस्ट कलाकार आशिक गुरुङ र सुरथ प्रधान हुन्भने पुष्पा गुरुङले गीतको मेकअप अर्टिस्टको काम गरेकी छन् । डिजी प्रडोक्सन यूके र सुर संगम स्टेडियो नेपालमा रेकर्ड गरिएको सो गीतको भिडियो बेलायतको केन्ट, डोभर क्यासल, त्यस वरपरको रमणिय स्थानहरुमा छायांकन गरिएको छ ।

About the author

Dipen Bhetwal

दिपेन भेटवाल आर्टिस्ट नेपालका लागि नेपालको पूर्व प्रतिनिधि हुन्।