modeling workshop in nepal

नेपाली चलचित्र ‘ऐश्वर्य’ र ‘कृ’ युट्युबमा रिलिज

basic photography workshop

नेपाली चलचित्र ‘ऐश्वर्य’ र ‘कृ’ युट्युबमा रिलिज भएको छ । चलचित्र ‘ऐश्वर्य’ मा रमेश उप्रेती, केकी अधिकारी , प्रसान्त ताम्राकार , दीपिका प्रसाँइ , निर्मल शर्मा, अर्जुन श्रेष्ठ, विकास खतिवडा, अमित पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको फिल्मका निर्माता अर्जुन श्रेष्ठ र किरण राना उप्रेती हुन् ।

निर्मल शर्मा सह -निर्माता रहेको फिल्ममा सुदिप बरालको छायांकन रहेको छ । दिर्घ खड्काको सम्पादन रहेको फिल्ममा तेन्जु योञ्जन र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । वैष्णोदेवी फिल्मको ब्यानरमा बनेको उक्त फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ ।

त्यस्तै सुपर स्टार अनमोल केसी स्टाटर चलचित्र ‘कृ’ मा अनमोल केसी संगै अनुप बिक्रम शाही र अदिति बुढाथोकीको मुख्य अभिनय रहेको छ। चलचित्रलाई सुबास इन्टरटेन्मेट प्रोडक्सन र काजल फिल्मस द्वरा निर्माण गरिएको हो। चलचित्रको निर्माता सुबास गिरि र भुवन केसी हुन्। चन्द्र पन्तको द्वन्द रहेको यस चलचित्रमा रेनाषा बान्तवा राई, अन्जिला र बिक्रमको कोरियोग्राफी रहेको छ।

artistnepal-tv-ads