निशा देशारको ‘लोकार्पण’ विमोचन

गायिका निशा देशारको नयां संग्रह ‘लोकार्पण’ को शनिबार विमोचन सम्पन्न भएको छ ।
लाजिम्पाटस्थित ब्यान्केट क्बलमा शनिबार तारा नाथ शर्मा, नायीका ऋचा घिमिरे, गीतकार दुर्गा लाल श्रेष्ठ लगायतका संगीतकर्मीहरु द्वारा संयुक्त रुपमा उनको एल्बमलाई विमोचन गरिएको हो ।
गायीका देशारले उक्त अबसरमा आफ्ना एल्बमका गीतहरु प्रत्यक्ष प्रस्तुत गरेकि थिइन् । उनको यस एल्बममा एकल गीतकार डा कृष्णहरि बरालका शब्दहरु समेटिएका छन् भने संगीतकारहरु शम्भुजित बास्कोटा,गैरे शुरेश,महेश खड्का,किरण कडेल लगायतका रहेका छन् ।

About the author

Artist Sansar