नारायणगोपाल स्मृति सम्मान अम्बर गुरुङलाई

Written by Artist Sansar

नेपाली सांगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व अम्बर गुरुङलाई ‘नारायणगोपाल स्मृति सम्मान -२०६८ ‘ प्रदान गरिने भएको छ ।

आर्टिस्ट नेपाल। नेपाली सांगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व अम्बर गुरुङलाई ‘नारायणगोपाल स्मृति सम्मान -२०६८ ‘ प्रदान गरिने भएको छ । ‘नारायणगोपाल संगीत कोश’को बैठकले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानक कुलपति गुरुङलाई सम्मानित गर्ने निर्णय गरेको हो।

१९९४ फागुन १४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा जन्मनुभएका कुलपति अम्बर गुरुङको पुर्ख्र्यौली घर गोरखा जिल्लाको रिसिङमा हो ।

हजारौं नेपाली गीतमा संगीत भरिसक्नु भएका गुरुङले २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो,, वि.सं. २०३८ सालमा इद्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कारबाट सम्मानित भैसक्नु भएको छ भने नेपाल सरकारले सैनिक गानका सङ्गीतकार एवम् गायक अम्बर गुरुङलाई मानार्थ महासेनानीबाट पनि सम्मान गरिसको छ ।

२०१६ साल माघमा कलकत्तावाट दुइ गीत म अम्वर हु र सम्हालेर राखवाट गायन तथा संगीत प्रारम्भ गर्नु भएका गुरुङ वि.सं. २०२६ मा संगीत विशेषज्ञको रुपमा नेपाल प्रज्ञा प्रतिथानमा संगीत प्रमुख/ संगीतसंयोजक/ संगीत निर्देशक भएर २०५४ मा अवकाश प्राप्त गर्नुभएको हो ।

About the author

Artist Sansar