दिलमायाले निराजनलाई पुर्यायो चर्चामा

Written by Artist Sansar

आर्टिस्ट नेपाल ।

नेपाली सांगितिक क्षेत्रमा नबप्रबेशीको भिडमा सम्भाबना बोकेका गायक हुन् निराजन कंडेल । केही समय अघि मात्र रिलिज भएको एल्बम “परिक्षा”मा समाबेश भएको गीत दिलमाया को चर्चा चुलिदै गएकोले साङितिक क्षेत्रको उनको पहिलो कदम सफल साबित भएको छ । ८ ओटा गीत सङ्रहित भएको उनको यस् एल्बममा सम्पूर्ण गीत मन छुने खालका छन् ।

प्रमोद मोक्तानको रचना तथा संगित रहेको यस् गितको शब्द संगित तथा गायकसँग अरेजेमेन्टको पाटो पनि उत्तिकै सबल छ । गायकबाट निर्देशक बनेका सशांक कंडेलले पनि दिलमायाको भिडियोलाई कलात्मक ढंगले निर्देशन गरेका छन् । अमृत सुनुवारको छायांकनमा केकि अधिकारी ,आकर्षण पोख्रेल , सनम कथेत र अर्जेश रेग्मीले खुलेर अभिनय गरेका छन् । आम दर्शकले अत्याधिक मन पराईरहेको उनको प्रिथक आवाजलाई अहिले युट्युबमा बढेको भिजिटरले पनि प्रमाणित गर्दछ ।

यसै बर्षको सुरुवातमा पहिलो पटक रेकर्ड गराईएको गित “दिलमाया” बाट नै साङितिक क्षेत्रमा प्रबेश गरेका निराजनको उत्कृष्ट गायकिकै कारण छोटो समयमै चलचित्रका गीतहरुमा पनि स्वर दिने मौका पाएका छन् । उनले चलचित्र यादको टाइटल गितमा स्वर दिएका छन् भने प्रदर्शनको तयारीमा रहेको अर्को चलचित्र आर्यनमा पनि काम गर्ने मौका पाएका छन् । यस संगै निराजनले आगामी दिनमा ” बुद्द नेपालमा जन्मिएका हुन् ” नामक गितलाई बजारमा ल्याउने भएका छन् । बिभिन्न साङितिक कार्यक्रममा सहभागिता जनाईसकेका उनि अहिले पनि थुप्रै कार्यक्रमहरुमा साङितिक प्रस्तुती दिन ब्यस्त छन् ।

About the author

Artist Sansar