दिब्य संगीतकार, दिब्य खालिङ

Written by Artist Sansar

संगीतकार दिब्य खालिङलाई नजिक बाट चिन्न चाहनेको लागि र नेपाली संगीत अध्ययन गर्न चाहनेको लागि, दिब्य खालिङसंगको सम्झाना सङ्रहित पुस्तक ‘ दिब्य संगीतकार, दिब्य खालिङ ‘ सहयोगी बन्न सक्छ ।

थापाथली स्थित ‘एकता प्रकाशन’ले बजारमा ल्याएको उक्त पुस्तकमा करिब ६ दर्जन स्रस्टाका बिचार समाहित छन । ६ दर्जन स्रस्टाले आफु संगीतकार दिब्य खालिङसंगको सम्बन्ध र आफ्नो कलायात्राको सुरुवातको बारेमा उल्लेख गरेका छन् ।

कविवर माधव घिमिरे देखि उनका अनुज गीतकार शुभ मुकारुङसम्म र गायिकाको रुपमा बिमला राईदेखि पबित्रा सुब्बा सम्म, पुर्बज संगीतकार शान्ति ठटालदेखि समकालिन किरण प्रधानसम्मले सुस्पष्टरुपमा आफ्नो शब्द र स्मृतिलाई चित्रायित गरेका छन ।

गितकार, गायक तथा सङीतकार दिब्य खालिङ् पछिल्लो समयमा नारायणगोपाल संग निकटरहि तिमीलाई भुल्दा म एक्लो भएछु …….., म त लालीगुराँस भएछु……., मायाको आधारमा जस्ता कालजयि सृजना गरेका थिए ।

पुस्तक विवरण :-

दिब्य सङ्गीतकार: दिब्य खालिङ

एकता बुक्स डिस्ट्रीब्युटस प्रा. लि

प्रसुतीगृहमार्ग , थापाथली,

सर्बाधाकिर : दिब्य खालिङ सङ्गीतकोश

मूल्य रु: २५० /-

About the author

Artist Sansar