जनकवि केशरी धर्मराज थापा सिकिस्त

Written by Artist Sansar

जनकवि केशरी धर्मराज थापा केही समयदेखि अस्वस्थ्य छन् ।

जनकवि केशरी धर्मराज थापा केही समयदेखि अस्वस्थ्य छन् । पछिल्लो समय उनलाई उच्च रक्तचाप, मस्तिष्कमा रक्त सञ्चारको कमी र मूत्रसम्बन्धी समस्याले अस्वस्थ्य बनाएको छ ।

करिब पाँच महिनादेखि उपाचार सुरु गरेका थापाको स्वस्थ्य समस्य अझै उस्तै रहेको जानकारीमा आएको छ ।

केही महिनाअघि बैंककको बु्रमग्राड अस्पतालमा उपचार पछि नेपाल फेकिनु भएका थापालाई स्वस्थ्य समस्याले सताएपछि पाँच दिनअघि देखि काठमाडौंको वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । वीर अस्पतालका न्युरो चिकित्सक डीबी शाहले अहिले जनकवि केशरीको उपचार गरिरहेका छन् ।

पारिवारिक श्रोतका अनुसार जनकवि केशरीको मस्तिष्कमा नियमित रक्त सञ्चारमा समस्या देखिएको छ । जसका कारण उहाँलाई कुनै बेला दिन रात छुट्टयाउन पनि समस्या हुन्छ । साथै जनकवि केशरी थापालाई पछिल्लो समय मूत्रसम्बन्धी समस्याले पनि पिरोल्दै आएको छ । मूत्रनलीमा मासु बढेका कारण छिन-छिनमा उनलाई पिसाब फेरिरहनुपर्ने भएको छ । सो रोगको पनि उचपार पनि बिर हस्पिटलमै भैरहेको छ ।

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका जनकवि केशरी प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञका रूपमा परिचित छन् । वि.सं. १९८१ साउन १ गते पिता हर्कबहादुर र माता मनमायाका सुपुत्रका रूपमा कास्कीजिल्लाको बाटुलेचौरमा जन्मनु भएका थापाका हरियो डाँडामाथि हलो जोत्ने साथी…, हाम्रो तेन्जिङ शेर्पाले… सहित थुप्रै कालजयी गीतका उनी स्रष्टा हुन् । प्रख्यात गायिका ज्ञानु राणा उनकै छोरी हुन् । ८८ बर्षिय जनकवि केशरी स्वयम्भूमा परिवारसँग छन् ।

About the author

Artist Sansar