modeling workshop in nepal

चलचित्र ‘ दाल भात तरकारी ‘ का टिमले तताए दर्शक, दर्शकको देखियो यस्तो क्रेज

basic photography workshop

यहि बैसाख २० गतेबाट प्रर्दशनमा आउन लागेको दाल भात तरकारीका टिम प्रमोसन यात्राको क्रममा गत चैत्र २५गते बाट झापाको विर्तामोडबाट सुरु गरिएको दाल भात तरकारीको प्रमोसन यात्रा दमक , इटहरी ,हेटौडा , चितवन , बुटवल , नेपालगञ्ज, दाङ ,पोखरा हुदै काठमाडौ सम्म आई पुगेको छ । चलचित्र ए मेरो हजुरले तताएको फिल्मी बजारलाई अब दाल भात तरकारीले झनै तताउने विश्वास गर्न थालिएको छ यतिखेर ।

२५ चैतबाट बिर्तामोडबाट दाल भात तरकारी टुर देखि सुरु गएको थियो । यो टु्र कन्सर्ट सहित २६ चैतमा दमक, २७ मा इटहरी, २८ चैमा हेटौंडा, २९ चैतमा चितवन, ३० चैतमा बुटबल, १ बैशाखमा नेपालगञ्ज, २ बैशाखमा दाङ, ४ बैशाखमा पोखारा र ९ बैशाखमा काठमाडौंमा आयोजना गरियो । दर्शकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले बुटबल, दाङ र पोखरामा लाठी चार्ज गर्दा आफुहरु निकै दुःखी हुँदै सम्बन्धित दर्शकसँग माफी मागेको पनि किरण केसीले बताएका छन् ।


सरी मोफसल यात्रा सकिएकोपछि दाल भात तरकारी टिमले यो टुरको अन्तिम कार्यक्रम सोमबार बेलुका काठमाडौंका सामाखुसी स्थित बिजी मलको प्राँगनमा गरेको हो । सुदन केसीको निर्देशनमा तयार भएको चलचित्र दाल भात तरकारीमा अग्रज कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, निरुता सिंह, पुष्प खड्का, किरण केसी, शिबहरि पौडेल, प्रियँका कार्की, वर्षा राउत, विल्सन बिक्रम राई, आँचल शर्मा, बसुन्धरा भुसाल, जयनन्द लामासहितको मुख्य भूमिका छ । बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको यो चलचित्रको भिजिट भिषामा…गीत अहिले निकै लोकप्रिय बनेको छ । यसको शिर्ष गीत पनि रुचाईएको छ ।

artistnepal-tv-ads