चलचित्र ‘जात्रै जात्रा’ को अफिसियल पोस्टर सार्वजनिक

https://artistnepal.com/

https://artistnepal.com/

"

आउँदो जेठ ३ गतेलाई रिलिज क्यालेन्डर रोजिएको प्रतिक्षीत फिल्म ‘जात्रै जात्रा’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । ‘माया पिरिम’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरिरहेको अवस्थामा निर्माण टिमले शुक्रवार केही रमाइला पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका लिड कलाकार कसैलाई छुटाइएको छैन ।

पोस्टरले पनि धेरै हदसम्म दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउने देखिन्छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । यस फिल्मको ट्रेलर वैशाख १३ गते सार्वजनिक हुँदैछ । फिल्मको दोस्रो गीत ‘जीवन जात्रा हो’ भने दुई दिनमा युट्युबमा आउँदैैछ ।

यस फिल्ममा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ।