चलचित्रकर्मीका गफ

Written by Artist Sansar

नेपाली सिनेजगतका महानायकदेखि महानिर्माता र महानिर्देशकसम्ममा सबै गफाडीमा परिपक्क छन् । कुरगरौँ महानायक राजेश हमालकै । उनले चलचित्र निर्माण मात्रैहैन, निर्देशन गर्ने भनेको २ बर्ष बितिसक्यो , तरअझै केही सुरसार छैन । कलाकार तथा निर्देशक निर शाहको एकैपटक १५ वटा चलचित्र निर्देशनगर्ने घोषणा भनाईमानै सिमित छ । उनले घोषणा गरेका मध्ये गुरुचेला र मशान बन्यो । अरु त्यसै सेलाए ।

निर्माता सुनिल रावलले बङाली र हिन्दी भाषामा “शायद” बनाउने भनेको अत्तोपत्तो छैन । नायक शिव श्रेष्ठले चलचित्र “धुन” बनाउँछु भनेर हिंडेको डेढदशक बितीसक्यो , चलचित्रको धुन बाहेक अन्यकाम अघि बढेकोछैन । निर्माता निर्देशक अशोक शर्माले आफ्नो निर्देशनमा “छोरी” नामक चलचित्र निर्माणको घोषणा गरेका थिए । उनकि छोरी अझै जन्मिनसकेकी छैनन् । चलचित्रनिर्माता तथा राष्ट्रिय खेलकुद परिषदमा सदस्यसचिब युबराज लामाले “प्लस टु” र “गौतम बुद्द” नामक चलचित्र निर्माणगर्ने गफ, गफमामात्रै सिमित भईसक्यो । निर्माता निर्देशक आकाश अधिकारीले बहुपति प्रथामा आधारित चलचित्र “द सनराईज” बनाउने भनेकोपनि धेरैभयो । त्यस्तै रिचा घिमिरे, रेखा थापा, रन्जु लामिछाने, झरना थापा जस्ता नायिँकाले चलचित्र निर्देशनगर्ने हल्लाह धेरै संचारमाध्यममा समाचार बने । कुनैपनि यथार्थमा परिणतहुन सकेको छैन ।

नेपाली चलचित्रका यिं केही उदाहरण मात्रै हुन् । यस्ता गफाडीको गफ झैँ लाग्ने कथनको सुची धेरैलामो छ । नाम होस् या बदनाम होस्, तर गुमनाम नहोस् भन्ने उक्ति पछ्याउँदै चलचित्रकर्मीहरु आफ्नै शैलीमा खेती गरिरहन्छन् । र संचारमाध्यमका गसिप बनिरहन्छन् ।

About the author

Artist Sansar