modeling workshop in nepal

क्यानडाको एक कार्यक्रमा गुरु रन्धावा माथि हमला

basic photography workshop

चर्चित पञ्जाबी तथा बलिउड गायक गुरु रन्धावामाथि क्यानडामा एक नचिनेको व्यक्तिले आक्रमण गरेका छन् । घटना गएको आइतबारको हो । त्यो घटनापछि गुरु अस्पताल भर्ना भएका थिए ।

सञ्चारमाध्यमहरुका अनुसार अहिले गुरु भारत फर्किएका छन् । गुरु रन्धावाको टिमले क्यानडामा भएको आक्रमणबारे आधिकारिक जानकारी दिएको छ । वस्थापन समूहले घटनाको बारेमा दिएको बयानमा लेखिएको छ, ‘गुरु मेगा सक्सेसफुल यूएस/क्यानडा टुरपछि उनको दायाँ आँखामाथि चार ओटा टाँकासहित भारत फर्किएका छन् । यो घटना २८ जुलाईको हो, जब गुरु क्यानडामा प्रस्तुती दिइरहेका बेला एक पञ्जाबी फ्यान स्टेजमाथि चढ्न खोजिरहेका थिए । गुरुले उनलाई स्टेजमा आउन रोके तर उनी पटक पटक स्टेजमा आउने कोसिस गरिरहेका थिए ।

कार्यक्रमको अन्त्यमा गुरु शो सकेर स्टेजबाट बाहिर गइरहेका थिए तब ती पञ्जाबी फ्यानले गुरुको अनुहारमा जोडसँग हिर्काए । उनको निधारबाट रगत बग्न थाल्यो । गुरुले फेरि स्टेजमा गएर प्रस्तुति दिएका थिए ।’ सञ्चारमाध्यममा आएका खबरहरुका अनुसार अब गायक गुरु रन्धावाले जीवनमा कहिले पनि क्यानडामा कार्यक्रम नगर्ने निर्णय लिएका छन् ।

artistnepal-tv-ads