गीतकार विश्वम्भर प्याकुरेल सिकिस्त

Written by Artist Sansar

गीतकार विश्वम्भर प्याकुरेललाई मस्तिष्काघात भएपछि शनिबार बिहान नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना गरिएको छ

तिमीले भनेका सारा देव छोएर
म कहाँ किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैंलाई भाकेर…..

स्वरसम्राट नारायणगोपालको स्वरमा सज्जित यस गीतका गीतकार विश्वम्भर प्याकुरेललाई मस्तिष्काघात भएपछि शनिबार बिहान नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना गरिएको छ । अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका प्याकुरेलको स्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य स्थितिबारे २४ घन्टासम्म केही भन्न नसकिने अस्पतालको भनाइ छ । उनलाई पहिलेदेखि मुटुको समस्या थियो । करिब डेढ वर्षअघि उनको एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट प्रत्यारोपणसमेत गरिएको थियो ।

स्वरसम्राट नारायण गोपालका अत्यन्त नजिकका साथी रहेका प्याकुरेल चर्चित अर्थविद् पनि हुनुहुन्छ । अर्थशास्त्रमा एम ए सम्मको अध्ययन गर्नु भएका प्याकुरेल वि.सं. १९९८, जेठ महिनामा धर्मस्थाली काठमाण्डौमा जन्मनु भएको हो । उहाँका विभिन्न पत्र-पत्रिकाहरुमा कविता, गीत, लेख आदि प्रकाशित छन् ।

आर्टिस्ट नेपाल डट कम , गीतकार तथा अर्थविद डा. विश्वम्भर प्याकुरेल को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

About the author

Artist Sansar