करिश्माको ट्याटुक्रेज

Written by Artist Sansar

हलिउड/बलिउड नायिकामा ट्याटु क्रेज धेरै देखिए पनि नेपाली नायिकालाई यो ‘बडी आर्ट’ ले त्यति छोएको छैन । हलिउडमा एन्जेलिना जोलीदेखि मेगान फक्स र पछिल्लो पुस्ताकी ‘आइडल’ माइली साइरसका साथै बलिउडका सुस्मिता सेनदेखि दीपिका पादुकोणसम्मले आ-आफ्नो शरीरमा ट्याटु बनाएका छन् ।

उनीहरु आफ्नो ट्याटुप्रेमबारे खुलेरै बोल्ने पनि गर्छन् ।

नेपाली नायिकाले भने बनाएको भए पनि नदेखिने ठाउँमा या टाटुप्रेम देखाउन अस्थायी रुपमा मात्र प्रयोग गरेको देखिन्छ । उनीहरुले त्यसबारे खुलेर बोल्ने गरेको पनि पाइँदैन ।

त्यसैले, अमेरिकामा केही वर्ष बिताएर नेपाल फर्केकी नायिका करिश्मा मानन्धरको ट्याटुले सबैको ध्यान तान्यो ।

यी सदाबहार नायिकाको क्लिभेज (छातीको बायाँपट्टी) मा ट्याटु छ । उनको ट्याटुमा धेरै आकषिर्त हुनुमा उनले रोजेका चित्र पनि हो । चालिस टेकेकी सुन्दरी नायिकाको ट्याटु नेपाली राष्ट्रिय फूल लाली गुराँसको छ । सानो, चिटिक्क परेको सो ट्याटुले नायिकालाई सुहाउँदो देखिन्छ ।

तर, फेसन सेन्स बदलेकी नायिकाले विभिन्न कार्यक्रममा सो ट्याटु देखाउन नहिच्किचाए पनि त्यसबारे खुलेर बोलेकी छैनिन् ।करिश्मा जस्तो नेपालको टप नायिकाले सुरु गरेको यो ट्याटु-ट्रेन्डले अरु नायिकालाई कत्तिको तान्छ, हेर्न बाँकी छ ।

About the author

Artist Sansar