ऋचा शर्माले भेटाईन साथजुनी बिताउने जीवनसाथी

Written by Artist Sansar

अभिनेत्री ऋचा शर्माले सात जन्मसम्म सँगै जीवन विताउने जीवनसाथी भेटिसकेकी छन् ।नेपाली फिल्ममा जीवनको एक दशक विताइसकेकी भर्सटायल ऋचा शर्मा केही समयदेखि उनी दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी छन् । दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । ऋचा र दिपेक्ष्यलाई परिवारबाट समेत विवाहका लागि अनुमती मिलिसकेको छ ।

केही दिन अगाडि फिल्म ‘लभ स्टेशन’ हेर्न हल पुगेको बेला पत्रकारले ऋचालाई विवाहबारे प्रश्न गरेका थिए, तर उनले कुनै जवाफ दिएकी थिइनन् । हालै राजधानीमा ठूलो लगानीमा पांग्रा एक्सप्रेस नामको रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी उनी एक सञ्चारमाध्यमसँगको कुराकानीमा विवाहबारे खुलेर बोलेकी छन् ।

खबरअनुसार, ऋचा र दिपेक्ष्य दशैंभन्दा अगाडि नै बैबाहिक जीवनमा बाँधिनेछन् । अहिले दुबै पक्षका परिवार विवाहका लागि उपयुक्त समय निकाल्न व्यस्त रहेको बताइएको छ । ऋचाले लामो समयदेखि आफूलाई परिवारबाट विवाहका लागि प्रेसर आइरहेको र आफू पनि अब तयार रहेको बताउँदै आएकी थिइन् । अन्ततः यस वर्ष उनले पनि घरजम गर्ने पक्का भएको छ ।

About the author

Artist Sansar