आज ईभमा दिपक बज्रचार्य र प्रमोद निर्वाणको एकल शो हुने

Written by Artist Sansar

क्रिट्मस ईभमा कतै साथीहरु रमाइलो गर्ने सोचमा हुनुहुन्छ भने दिपक बज्रचार्य र प्रमोद निर्वाणको एकल शोले तपाईंलाई पक्कै नै आकर्शित गर्नेछ

आर्टिस्ट नेपाल । क्रिट्मस ईभमा कतै साथीहरु रमाइलो गर्ने सोचमा हुनुहुन्छ भने दिपक बज्रचार्य र प्रमोद निर्वाणको एकल शोले तपाईंलाई पक्कै नै आकर्शित गर्नेछ । आज क्रिट्मस ईभमा चर्चित गायक दिपक बज्रचार्य र निर्वाण एन म्युजिक लिंकको एकल लाइभ कन्सर्ट हुने भएको छ । गयक दिपक बज्रचार्यको कसी रेस्टुरेन्ट, ठमेलमा हुँदैछ भने प्रमोद निर्वाणको कुपोन्डोलको बि दियर रेस्टुरेन्टमा हुँदैछ ।

दिपक बज्रचार्यले आफ्ना चर्चित एक दर्जन जती गितहरु प्रस्तुत गर्नेछन भने म्युजिक लिंकले पनि आफ्ना चर्चित एक दर्जन जतिनै गितहरु प्रस्तुत गर्नेछन् ।

करिव एक दशकअघि अर्थात २००३ मा स्थापना भएको नेपाली ब्याण्ड निर्वाण एण्ड म्युजिक लिंक र दिपक बज्रचार्य ब्याण्डको कन्सर्टलाई जस्ट ईभेन्ट ईन्टरटेन्मेन्ट आयोजना गर्न लागेको हो ।

About the author

Artist Sansar