आचल शर्मा र पल शाहको सम्बन्ध प्रेम भन्दा माथि

Written by Artist Sansar

नायिका आचल शर्माले आफु प्रेम सम्बन्धमा नरहेको कुरा खुलाएकी छिन। एक अन्तरवार्तामा आफु पल शाहको प्रेम सम्बन्धमा नरहेको बताएकी हुन्। लामो समय देखि यी दुई जोडी पल शाह र आचल शर्माको नाम जोडी धेरै खबरहरु आइरहदा उनले पल र आफु बिच कुनै प्रेम सम्बन्ध नरहेको पुस्टि गरेकी हुन्। केहि दिन यता यी जोडीको ब्रेकपको खबर आइरहेको थियो । उनले आफ्नो पल संगको सम्बन्ध प्रेमी प्रेमिकाको नभई त्यो भन्दा माथि रहेको पनि बताएकी छन्।

उनले पल संग म्युजिक भिडियोमा काम गर्ने अवसर मिले पनि फिल्म खेल्न समय नमिलिरहेको कुरा पनि बताएकी छिन। आचल चलचित्र ‘ दल भात तरकारी ‘ को प्रचारप्रसारमा ब्यस्त छिन। चलचित्र यहि वैशाख २० देशभर प्रदर्शन आउदै छ। पल शाह पनि अहिले चलचित्र ‘ बीर बिक्रम २ ‘ को लागी प्रचारप्रसारमा ब्यस्त छन्।

About the author

Artist Sansar