अस्पताल को शय्यामा कल्याण शेचरण

१६ बर्षे उमेरैमा मैपनि झिल्के हुँदो हुँ ……… अथबा, कलिलो तमालाई सोध रामलाई……………… जस्ता नेपाली जनजिब्रामा चर्चित गीतका सर्जक कल्याण शेचरण अहिले गंभीर बिरामी भएका छन् ।

पोखराको रानीपौवामा ६४ बर्ष अघि जन्मेका बरिस्ठ लोक गायक कल्याण शेचरन अहिले पोखराको फुलबारी स्थित मणिपाल क्षिक्षण अस्पतालमा मृत्युसंग जुधिरहेका छन् । एक बर्षअघि शल्यक्रिया गरेको कमलपित्त रोग बल्जिएपछि उनिगत पुस २१ गते अस्पतालमा भर्नाभएका हुन् । शेचरन अस्पतालमा भर्ना भएपछि उनलाई भेट्न उनका सुभ-चिन्तक तथा कलाकर्मि अहिले पोखरा आएका पारिवारिक स्रोतले आर्टिस्टनेपाल डटकम लाई बताएको छ ।

गत बर्ष भदौ २५ पछिनै जन्डिस बिग्रेर थलापरेका शेचरनलाई भेट्न लोक संगीतका अन्बेशक पूर्ण नेपाली ,छेत्र गुरुङ्ग लगायतका कलाकार्मी अहिले पोखरा पुगिसकेका छन् ।

शेचरन नेपाली लोकसंगीतका चर्चित संकलक हुन् । नेपालका कुनाकाप्चामा गएर लोकगीत र भाकाहरू शंकलन गरेका छन् उनले । हालसम्म अनागिन्ति शंकलन र खोज गरिसकेका शेचरन कबि भूपी शेचरन , गोपाल योन्जन, नारायणगोपाल, चेतन कार्की लगायत कलाकर्मीका समकालिन हुन् । गण्डकी अंचलस्तरिय फुटबल खेलाडी समेत रहेका उनि नेपालका पीटी बिशेषज्ञका रुपमा पनि चिनिन्छन् । पछिल्लो समयमा उनि भुपु खेलडी मन्च, लोक तथा दोहरी गीत प्रतिष्ठान , हिमाली सांस्कृतिक परिवारको सल्लाहकार छन् ।

सरकार तथा बिभिन्न संघसंस्थाबाट थुप्रै पुरस्कार तथा सम्मान पाइसकेका कल्याण शेचरण क्षिक्षामंत्रालयको उपसचिबबाट अबकाश पाएका हुन् । शेचरणका दुई छोरी छन् । एउटी काठमान्डौं र अर्कि अस्ट्रेलियामा अध्ययनरत छन् ।

आर्टिस्टनेपाल डटकम चर्चित गायक् कल्यान शेचरनको सिघ्र- स्वस्थ्यलाभको कमना गर्दछ ।

About the author

Artist Sansar