चर्चा बटुल्दै गायक युवराज

Written by Artist Sansar

गीतकार सुमन कार्किको सब्द अनि युवराज कंडेलको स्वर रहेको यो गीत युट्वमा धेरैले हेरेको गीतमा पर्छ । ससन कंडेलको भिडियो निर्देशन रहेको यो गीतलाई सरोज प्याकुरेलले संगीत गरेका हुन् ।

“आजभोलि चोट दिने आफन्तको बजार हुन्छ 
एउटा घाउ काँडाको फुलले दिने हजार हुन्छ ” 
गीतकार सुमन कार्किको सब्द अनि युवराज कंडेलको स्वर रहेको यो गीत युट्वमा धेरैले हेरेको गीतमा पर्छ । ससन कंडेलको भिडियो निर्देशन रहेको यो गीतलाई सरोज प्याकुरेलले संगीत गरेका हुन् । यो गीत सुन्ने जतिले युवराज कंडेलको भविष्य राम्रो भएको वताएका छन् । युवराज कंडेलले यो गीतको अतिरिक्त तिम्रो एक्कै नजरले पागल बोलको अर्को गीत पनि हालसालै रेर्कड गराएका छन् । उनले यी दुबै गीत विभिन्न स्टेजमा गाएका छन् । सुरुमा रिवन इन्टरटेनमेन्टले आयोजना गरेका सौन्दर्य प्रतियोगितामा गाउदा दर्शकको वाउ पाएपछि उनले यी दुबै गीत विभिन्न स्टेजमा गाएका छन् । त्यसै गरि उनले यी गीतको चर्चाका कारण विभन्न एफएम र चितवनका टेलिभिजनमा अन्तरवार्ता पनि दिएका छन् । यसको मतलब गायक युवराज कंडेलको चर्चा अहिले निकै चुलिएको । आज भन्दा १५ वर्ष अगाडी देखिनै संगीतमा लाग्न खोजेका युवराज विभिन्न काम र विचको विदेश वसाइको कारण उ बेलामा केहि गीत रेकर्ड गरेर पनि निरन्तरता दिन सकेनन् । अब भने उनको संगीत क्षेत्रमानै निरन्तरता दिने योजना रहेको छ । यसकै परिणाम स्वोरुप उनि अहिले तिम्रो एक्कै नजरले पागल भएको मान्छे म बोलको गीतको भिडियो बनाउने तयारीमा जुटेका छन् । यो गीतमा सुंदन डोटेलको सब्द र सरोज प्याकुरेलको संगीत रहेको छ ।

About the author

Artist Sansar