रायन र अनुष्मालाई ‘द कलेज एम्बेसडर २०१८’को उपाधि

Written by Artist Sansar

‘द कलेज एम्बेसडर २०१८’को उपाधि रायन कशजु र अनुष्मा रायमाझीले जितेका छन् । एससिई इन्स्चीच्युट अफ म्यानेजमेन्टका रायनले पुरुष तथा एपेक्स कलेजकी अनुष्माले महिला तर्फको उपाधि चुमेका हुन् । विजेता दुवैले उपाधिका साथमा विभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

बिहिबार अबेर साँझ कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित प्रतियोगितामा महिला तर्फ फष्ट रनर अप श्वेता सुवेदी र सेकेन्ड रनरअप प्रतिशा जोशी घोषित हुँदा पुरुष तर्फ रोमन मानन्धर फष्टरनर अप चुनिए ।
ग्रिन आर्ट मिडिया आयोजक रहेको प्रतियोगिताको यो १०औ संस्करण हो । र्यापर तथा गायक निणर्य श्रेष्ठ, मिस हेरिटेज तथा फेसन डिजाइनर, डान्स कोरियोग्राफर केशव थापा, सिर्जना दुवाल (सह सम्पादक नारी म्यागजित), चलचित्र निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदी, मेकअप आर्टिस पुनम श्रेष्ठ लगायत निर्णायक रहेको प्रतियोगीतामा ४ केटा र ११ केटी रहेका थिए ।

प्रतियोगितामा मष्टफोटोजेनिक जेनिफर मानन्धर, मष्टट्यालेन्ट रश्मी शंकर बिक, मष्टपपुलर रोहिशा श्रेष्ठ, मष्टडिसिप्लेन उज्जेन श्रेष्ठ, बेष्टड्रेस आयुष्मा रायमाझी, मष्टफ्रेण्डी श्वेता सुवेदी, बेष्टपफमेन्स सुवेच्छा श्रेष्ठ, बेष्टस्माइल सब्बु केसी, चार्मिङपर्सनालिटी मेल रोमन मानन्धर, चार्मिङपर्सनालिटी फिमेल रीया उप्रेती, बेष्टआइडिया भिडियो प्रगिना जोशी, मष्टपंचुअल रायन कसजु, मष्टबबली निरुता राई, मष्टइन्टिलेक्च्युअल अनुष्मा रायमाझी, बेष्टस्पिकर प्रतिशा जोशी हासिल गरे ।

अनिला श्रेष्ठको कोरियोग्राफी रहेको कार्यक्रममा नेपाः डान्स एकेडेमिका हिपअप ब्वाइज, रोजिन पाण्डे, गायिका सुचित्रा गुरुङ लगायतको आकर्षक संगीतिक प्रस्तुति रहेको थियो । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।

About the author

Artist Sansar