modeling workshop in nepal

युटुबमा चर्चित ‘द कार्टुन्ज क्रु’ बाट ‘डेनिम एण्ड डेभिल क्विज’ शो प्रसारणमा आउने

basic photography workshop

काठमाडौँ — युटुबमा नेपाली चलचित्रका विभिन्न गीतहरुको कभर भिडियो तथा वेभ सिरिजमार्फत नेपाली दर्शकहरुमाझ बहुचर्चित च्यानल ‘द कार्टुन्ज क्रु’ ले डेनिम एण्ड डेभिलको मुख्य प्रायोजनमा क्विज प्रतियोगिता दर्शकमाझ ल्याउने भएको छ ।

‘द कार्टुन्ज क्रु’ युटुब च्यानलबाट प्रसारण हुने कार्यक्रमको प्रस्तोता ग्रुपकै सरोज अधिकारी र सचिन फुँयाल हुने छन् ।

‘द कार्टुन्ज क्रु’ ग्रुपका सचिनले क्विज प्रतियोगितामा, आफुहरु बिल्कुलै नयाँ तरिकाले दर्शकमाझ आउन लागेको बताए । प्रत्येक १५ दिनमा प्रशारण गरिने तथा यसमा हरेक एपिसोडमा सोधिने प्रश्नको सहि जवाफ एसएमएस मार्फत पठाउनेहरु मध्येबाट ४ जनालाई विजेता छनौट गरिने छ ।

कार्तिकको पहिलो साताबाट प्रशारणमा आउने कार्यक्रममा हरेक एपिसोडमा एकजना नेपालका चर्चित तथा ख्यातिप्राप्त व्याक्तित्वलाई समावेश गरिने छ।

artistnepal-tv-ads