नर्सिङ आईडल नेपाल २०१८ को आयोजना हुने, आबेदनको लागि फर्म खुल्ला

Written by Artist Sansar

नर्सिङ पेशामा आबद्ध भएका र हुन चाहने स्वास्थ्य परिचारिकाहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा ‘नर्सिङ आईडल नेपाल २०१८’ को आयोजना हुने भएको छ । पेशागत प्रतियोगिता भएको हुनाले यस् प्रतियोगितामा मिस तथा मिसेस दुबै प्रतियोगीहरुले प्रतिस्प्रधा गर्न सक्नेछन । यस् प्रतिस्प्रधाको लागि उमेर, उचाई , तौल जस्ता मापदण्दहरु केही तोकिएका छैनन ।

प्रतियोगिता मार्फत् स्वास्थ्य परिचारिकाहरुलाई नर्सिङ पेशाप्रति थप जिम्मेवार बोध गराउन, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गर्न लागिएको अमाजोन ईन्टरटेन्मेन्टका अधक्ष कमल खतिवडाले बताए । उनले नर्सिङ जिम्मेवार पेशा भएको र प्रतियोगितामा प्रतिस्प्रधी नर्सको कार्यक्षमताका आधारमा उत्कृष्ठतामा छानिने र जुनै उमेर समूहका नर्स पनि कार्यक्षमताका आधारमा प्रतियोगितामा सहभागीता हुन पाउने बताए ।

अमाजोन ईन्टरटेन्मेन्टको आयोजना संचालन हुने ‘ नर्स आईडल नेपाल २०१८’ का लागि आबेदन खुल्ला भएको र ईच्चुक नर्सिङ पेशामा संलग्न एवं नर्सिङ अध्ययन गर्दै गरेका युवतीहरुले आबेदन दिन सक्नेछन । उनीहरु मध्येबाट आत्मविश्वास, व्यक्तित्व, नर्सिङ पेशा प्रति लगाव र जिम्मेवारी बोध, सकरात्मक सोच, प्रतिभा लगायतका कुरालाई विचार गरी अडिसन मार्फत प्रतिस्पर्धाका लागि छनौट गरिनेछ ।

About the author

Artist Sansar