मोडल निशा श्रेष्ठ अभिनित भिडियो हल्ला भो सार्बजनिक

Written by Artist Sansar

झन्डै २ दर्जन फेशन शोमा क्याटवाक तथा आधा दर्जन फोटोसुट गरेर चर्चा कमाईसकेकी मोडल निशा श्रेष्ठ म्युजिक भिडियो मा पनि उपस्थिति जनाउन थालेकी छिन। यस अघिपनि केहि भिडियोमा अभिनय गरिसकेकी निशाले गायक देब तन्डुकारको स्वर रहेको नयाँ गितको म्युजिक भिडियो हल्ला भो मार्फत दर्शकको मन जित्ने अपेक्षामा छिन।

स्प्लाश इमेज इन्टर्टेन्मेन्टको ब्यानरमा रुशील अमात्य द्वारा निर्देशित यस म्युजिक भिडीयोमा बाशु बरालले छायांकन गरेका छन। शब्द शंकलन तथा संगीत जितेन लेप्चाले गरेको यस गीतमा संगीत संयोजन फणिन्द्र राइले गरेका छन्।

कोरोनाको महामारिका कारण म्युजिक भिडियोको छायांकनमा केहि कठिनाइ भए पनि छायांकान गरिएको र भिडियोलाई दर्शक श्रोताले राम्रो प्रतिक्रिया दिनेमा निर्माण टीम आशाबादी रहेका छन्।

युवा युवतीको प्रेमको बिषयमा बनाइएको यस गितमा भीमसेन खतिवडा ,लक्ष्मन चौलागाईं ,मना महर्जन , गंगा चौहान, निशा श्रेष्ठ, सबिन जमकटेल,मनोहर बस्नेत साथै सल्विक सुर्खेतीले उत्कृष्ट अभिनय गरेका छन्।

About the author

Artist Sansar