न्यूयोर्कमा ‘हास्छ अमेरिका Vol–1’ धमाकेदार रूपमा हुँदै

आर्टिस्ट नेपाल, न्यूयोर्क, — फेब्रुअरी १४, २०२६ अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर न्यूयोर्कमा बहुप्रतीक्षित हास्य कार्यक्रम ‘हास्छ अमेरिका Vol–1’ भोलि साँझ भव्य रूपमा आयोजना हुने भएको छ। कार्यक्रम साँझ ७:०० बजेदेखि सुरु हुनेछ।

वुडसाइडस्थित The Palace (63-01 Roosevelt Ave, Woodside, NY 11377) मा हुने यो कार्यक्रमलाई न्यूयोर्कका नेपाली समुदायले निकै उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन्।

यस संस्करणमा अहिलेका चर्चित तथा लोकप्रिय हास्य कलाकारहरू — कैलाश कार्की, सुमन कार्की, सुमन कोईराला, मेक्सम गौडेल र भरत मणि पौडेलले विशेष प्रस्तुति दिनेछन्। कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहनेछ। आयोजकका अनुसार यी कलाकारहरूको संयुक्त स्टेज परफर्मेन्सले भ्यालेन्टाइनको साँझलाई झनै रमाइलो र मनोरञ्जनपूर्ण बनाउनेछ।

कार्यक्रमका लागि VIP टिकट ७९ डलर र रेगुलर टिकट ४९ डलर तोकिएको छ। VIP टिकट लिने दर्शकका लागि विशेष सुविधाहरु Meet & Greet,अगाडि पंक्तिको सिट, निःशुल्क पेय पदार्थ, व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि पेमा लामा: 646-258-1672, लाक्पा तामांग 415-530-1172 संग सम्पर्क गर्न सकिनेछ। कार्यक्रमको आयोजना FemNepal र Sunrise Entertainment को सहकार्यमा रहेको छ।

Categories:

Tags: