Uncategorized

टिकटक बाट मोडलिङ्गमा सक्रिय गुराश

पछिल्लो समय निकै लोकप्रिय भइरहेको ‘टिकटक’ नामको भिडियो एपमा आफ्नो कला प्रस्तुत गर्नेको संख्या धेरैको छ। टिकटकमा आफ्नो अभिनय कला देखाएकै भरमा कतिजना मोडलिङ्ग तथा चलचित्रका नायिका समेत भईसकेका छन्। यहि भिडमा अर्की प्रतिभाशाली गुराश गुरुङ टिकटकमा आफ्नो कला प्रस्तुत गर्नेहरुको भिडमा अब्बल छिन।

हुनत उनि भर्खर १६ वर्षमा टेकिन। बुटवलमा मा बस्छिन र त्यहिको बिधालयमा १० मा अध्ययन गर्दैछिन। १ वर्ष अगाडि अरुको टिकटकको भिडियो हेर्दा आफुमा भएको अभिनयको भोक प्रस्तुत गर्न उनि पनि टिकटकलाई माध्यम बनाईन। उनले धेरै गित, डाईलगहरुमा टिकटक भिडियो बनाउदै गईन। उनको अभिनय मन पराउनेहरु थपिंदै गए। उनलाई म्युजिक भिडियोमा अभिनय गरिदिन बिभिन्न ठाउँबाट अफरहरु पनि आउन थाले। भर्खर १०मा अध्ययन गर्दै गरेकोले उनले स्थानियमा निर्माण भएका केहि भिडियोहरुमा मात्रै अभिनय गरिन।

उनको बारेमा यो सामग्री तयार पारुन्जेल उनलाई पच्छाउनेको संख्या १ लाख ३४ हजार हाराहारीमा थियो। आर्टिस्टसंसार संग कुरागर्दै उनि भन्छिन ” अब त यहि फिल्डमा केहि गर्ने सोच र हिम्मत आएको छ, अझै सानै छु, पर्दैछु , सिक्दै छु , धेरैले माया दिनुभएको छ। आशा छ , पछि सम्म पनि दिनुहुन्छ होला नि ”

हामी उनको प्रतिभाको कदर गर्दै उनलाई हौसला र उर्जा मिलोस भन्ने हेतुले यो सामग्री तयार परेका हौ। हामी नयाँ नयाँ प्रतिभाको सदैव साथ् छौ।