गायक तथा संगीतकार गौरव दर्पण सम्मानित भएका छ्न ।मोरङको पथरी -शनिश्चरे नगरपालिकाले कला साहित्य प्रवर्धन समितिको मनोनयनमा परेका गायक/संगीतकार गौरव दर्पणलाई दोसल्ला,मुहार चित्र, नगद रु.२५०००/- र सम्मान पत्र सहित “वर्ष श्रष्टा सम्मान-२०८१” ले सम्मान गरेको छ।
२ दशक देखि नेपाली गीत-संगीतको माध्यम बाट कला साहित्य प्रवर्धनमा लागेका गौरवले रचना गरेर गाएको “पुर्बै रमाईलो” बोलको गीत देश विदेशमा छरिएर बसेका नेपालीहरु माझ लोकप्रिय छ।
यस क्षेत्रमा राम्रो सिर्जनात्मक क्षमता भएका गायक/ संगीतकार गौरव दर्पणले २०० भन्दा बढि गीतहरुमा संगीत भरि सकेकाछन साथै उनको आवाजमा ३ वटा गीती एल्वमहरु प्रकाशित छन भने २ वटा एल्वममा उनको एकल संगीत रहेको छ।
पथरी शनिश्चरे नगरपालिकामा गठित कला साहित्य प्रवर्धन समितिले यस अघि पनि हरेक वर्ष – १ जना कला-साहित्यमा लामो समय योगदान गरेका श्रष्टाहरुलाई वर्ष श्रष्टा सम्मान बाट सम्मान गर्दै आईरहेकोमा यो वर्ष गायक/संगीतकार गौरव दर्पणलाई सम्मान गरेको हो।
कला साहित्य प्रवर्धन समिति,पथरी शनिस्चरे नगरपालिकाले आयोजना गरेको “प्रथम पथरी-शनिश्चरे सिङगिङ एण्ड डान्सिङ आईडल” कार्यक्रमको समापन संगै उक्त समारोहमा
उपाधि विजेता कलाकारहरुलाई पुरस्कार वितरण र श्रष्टा सम्मानको कार्यक्रम राखेको थियो। उक्त कार्यक्रममा गायन तर्फ मुख्य निर्णायकको भुमिकामा रहेका गौरव दर्पणले गायन तर्फका विजेतालाई आफ्नो ब्यक्तिगत र सुर संगम रेकर्डिङ स्टुडियो,काठमाण्डौ संगको सहकार्य मार्फत नि:शुल्क एउटा गीत रेकर्डिङको अवसर प्रदान गर्ने समेत घोषणा गरे।
कार्यक्रम २०८२ जेष्ठ २४ गते पथरीमा सम्मपन्न भएको थियो।