दशौं संस्करणको डी सिने अवार्ड काठमाडौंमा

‘डी सिने अवार्ड’ को दशौं संस्करण यसपटक राजधानीमै हुने भएको छ । बिगत १० बर्षदेखि निरन्तर आयोजना हुँदै आएको अवार्डको यस् अघी दुई संस्करण मोफसल र सात संस्करण राजधानीमा भएको थियो ।

२०७५ संस्करणका लागि आयोजक छाँयाछवि क्रिएसनले औपचारिक दर्ता आव्हान पनि गरेको छ । कार्यक्रम संयोजक मणिराज गौतमले २०७४ को वैशाख १ बाट चैत्र ३० सम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्मका लागि दर्ताको आव्हान गरिएको बताए । छायाँछविका अध्यक्ष शान्तिप्रियले डिजिटल प्रविधिमा निर्माण भएका फिल्मलाई प्रोत्साहित गरी नेपाली फिल्ममा प्राविधिक गुणस्तरको वृद्धिमा सघाउ पुर्याउन अवार्डको आयोजना गरिएको बताए ।

अवार्ड यस् अघि पहिलो, दोश्रो र तेश्रो संस्करण राष्ट्रिय नाचघर जमलमा, चौथो, पाचौं र छैठौं संस्करण नेपाल एकेडेमी कमलादीमा, सातौं कार्की वैंकेट ववरमहलमा, आठौं संस्करण ग्राण्ड होटल पोखरामा एवं नवौं संस्करण ओम्याक्स हेटौडामा आयोजना गरिएको थियो ।