गायक बिशाल रेग्मीको बायुपंक्षी रिलिज

Written by Artist Sansar

नेपाली सुगम संगीतमा पाईला चाल्दै गरेका गायक बिशाल रेग्मीले नयाँ गीत बायुपंक्षी सार्वजनिक गरेका छन । ओमकार रेग्मीको शब्द तथा शिखर सन्तोषको संगीतमा तयार भएको गीतमा रेग्मीलाई गायिका प्रतिभा शाहले पनि साथ दिएकी छिन् ।

भिडियोमा गायक आँफै मोडेल सविना रानाभाटसँग रोमान्स गरेका छन । प्रकाश तुलाधारको सम्पादन , बिदुर पाण्डेको छायाँकनमा तयार भएको गीतलाई थ्री क्याप्स टिमले निर्देशन गरेको छ ।

३ बर्ष अगाडि सन्जिव पौलको संगीत तथा मिठु पौलको शब्दमा परिभाषा गीत सार्वजनिक गरेर अनौपचारिक रुपमा संगीतमा प्रबेश गरेका गायक रेग्मी नेपाली ताराका प्रतिस्प्रधी पनि हुन । हालसम्म उनका आधा दर्जन गीत रेकर्ड भईसकेका छन ।

About the author

Artist Sansar