फिल्म ‘साङ्लो’को पोस्टर सार्वजनिक

Written by Artist Sansar

काठमाडौं । फिल्म ‘साङ्लो’को पोस्टर सार्वजनिक भएको छ । अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिकसंगै नयाँ प्रर्दशन मिति पनि तय गरिएको छ ।

फिल्म महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रर्दशनमा आउने भएको हो । सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका छन् ।

यसअघि यो फिल्म कात्तिक १५ मा आउने चर्चा थियो । फिल्म ‘साङ्लो’ प्रदर्शन हुने मितिमा ‘लप्पन छप्पन २’, ‘आमा’ र ‘दयारानी’ले प्रदर्शन हुने भएको छ । ‘साङ्लो’ फिल्मलाई अभिनेता भट्टले निर्देशन तथा निर्माण गरेका हुन् । ‘साङ्लो’ फिल्मबाट अभिनेता भट्टले निर्देशनमा डेब्यु गर्दैछन् । फिल्ममा अभिनेत्री पूर्व मिस नेपाल निकिता चाण्डक छिन् ।

फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पी. पन्त लगायत कलाकारले अभिनय गरेका छन् ।

About the author

Artist Sansar