अक्षय कुमार पहिलो पटक म्युजिक भिडियोमा देखा पर्दै

Written by Artist Sansar

काठमाण्डौ-  बलिउड सुपर स्टार नायक अक्षय कुमारलाई सबैभन्दा धेरै हार्ड वर्क गर्ने स्टार्सको रुपमा चिनिन्छ । हरेक वर्ष उनको तीन देखि चार फिल्महरु दर्शकमाझ रिलिज हुने गर्छ । यसका साथै उनी विज्ञापनहरुमा पनि देखिदै आएका छन् ।

यसै बीच उनी पहिलो पटक म्युजिक भिडियोमा पनि देखा पर्ने भएका छन् । बि प्राकको आवाज रहेको भिडियो केही समयपछि बाहिर आउँदैछ । यसको खबर निर्माताहरुले गरेका छन् । भिडियोको नाम भने अहिले सम्म खुलाइएको छैन । यसका साथै भिडियोमा अक्षयको साथमा बलिउड अभिनेत्री कृति सेननकी कान्छी बहिनी एकसाथ देखिने पक्का भएको छ ।

About the author

Artist Sansar