नेपाली संगीतमा समर्पित दार्जीलिङकी छोरी दिलमाया खाती

छ दशक अघि पहिलो पटक नेपाल आएकी थिइन् दार्जीलिङकी दिलमाया खाती । सन् १९६२ मा प्रवेशिका परीक्षा दिएर फुर्सदमा काठमाडौं घुम्न आएकी दिलमाया कृष्ण कन्दङ्वामार्फ् रेडियो नेपालको बार्षिक गायन प्रतियोगितामा गाउन पुगिन् । शिवशङ्करको सङ्गीतमा गीत थियो ‘कति पीडा कति रोदन’, नतिजा आयो उत्कृष्ट गायिकाको ।

अहिलेसम्म लगभग डेढ सय गीत रेकर्ड गराइसकेकी दिलमायाले गोपाल योञ्जन, नारायणगोपाल, कर्म योञ्जन, नवीन बर्देवा, कमल दर्नाल, रत्नबहादुर खड्गी आदिका सङ्गीतमा थुप्रै कालजयी गीतहरू गाएकी छन् । गन्तीमा चालीस वटा जति त गोपाल योञ्जनसँग मात्रै रहेको छ ।

‘विछोडको पीडा नसकी छोप्न’, ‘नछाम तिमीले के के दिलायौ’, ‘सावन फक्र्यो फेरि झर्‍यो’, ‘बचाइ राख सम्झनाभित्र’, ‘आजकल म पिरतीलाई’ आदि उनका लोकप्रिय गीतहरू हुन् जुन अझै पनि नेपाल बाहेक खर्सर्ाारेडियो, अल इण्डिया रेडियोमा बारम्बार बजिरहन्छ । दार्जीलिङ, घुमपहाडकी दिलमाया खातीको नाम आधुनिक नेपाली सङ्गीतमा उचाइमा पुगिसकेको छ ।

उनले २००६ मा आफ्नो अन्तिम अल्बम ‘दिलमाया’ सार्बजनिक गरेकी थिइन्। आठ वटा गीतहरू सहितको उनको पछिल्लो अल्बममा डक्टर किराँत, रत्नबहादुर खड्गी, कर्म योञ्जनको सङ्गीत तथा माधव घिमिरे, भूपाल र्राई, जी. शाह, गीता त्रिपाठी आदिका शब्द रहेका थिए । ६ अक्टोबर सन् १९३९ मा दार्जिलिङमा जन्मिएकी दिलमाया खातीको निधन २०२३ जुलाई ४ अर्थात २०८० साल अशोज १९ गते राती दर्जिलिङमा ८४ वर्षमा भएको थियो।

शिक्षण पेशामा संलग्न दिलमायाको स्टेज कार्यक्रम हेरेर एक समय हिन्दी फिल्मका महारथी राजकपुर र मनमोहनकृष्णहरूले समेत आफ्नो फिल्ममा गाउन अफर गरेका थिए । प्रशस्त अवसर हुँदाहुँदै पनि नेपाली गीतमा नै भुलेकी दिलमाया मुर्म्बईतिर गइनन् ।

श्रोताहरूको मायाले आफूलाई कहिल्यै एक्लो महसूस नगराएको बताउने दिलमाया बिहे समेत नगरी बसेकी अबिबाहित थिइन् । उनी देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान र भूपाल सङ्गीत पुरस्कारबाट सम्मानित भएकी थिइन् । गायिका खातीले १५० भन्दा बढी नेपाली गीतहरु गाएकी थिईन् ।

Categories:

,

Tags: