ललितकलाका सिद्धहस्त कलाकार अशोकमान सिंह

अशोकमान सिंह नेपाली ललितकलाका एक सिद्धहस्त कलाकार मानिन्छन् । विशेषगरी एकदमै झञ्झटिलो र कम्ती कलाकारहरूले गर्ने ‘एअर ब्रस आर्ट’मा उनि दखल छन्। सम्भबत: एअर ब्रस आर्टमा उनि सुरुवातीकलाकारहरूमध्ये पर्दछन। जसलाई उनले वर्षौँदेखि निरन्तरता दिँदै आएका छन् ।

तानसेनको जनता मा.वि. पढ्दाताका नै ‘फोटोग्राफी’ र ‘फाइन आर्ट’को राम्रो प्रतिभामा गनिने सिंह कलाप्रतिको लगावले गर्दा एसएलसी दिएपछि नै पेन्टिङ र फोटोग्राफी सिक्न लखनऊ पुगेका थिए । फर्किएपछि उनले तानसेनमै ‘अशोक आर्ट स्टुडियो’ खोलेका थिए र २०३० सालमा पाल्पामा एकल कला प्रदर्शनी गरेका थिए । २०३६ सालमा काठमाडौँबाट कलाकारद्वय वैकुण्ठमान श्रेष्ठ र उज्वलकुन्दन ज्यापु पाल्पा पुग्दा उनीहरूले कलालाई फराकिलो पार्न काठमाडौँ आउने सुझाव दिएपछि अध्ययन र कला सिक्न उनी काठमाडौँ भित्रिएका थिए ।

संयोगले आएकै वर्षललितकला क्याम्पसमा आईएफएको अध्ययन शुरु भएकोले उनी त्यहीँ भर्ना भए । क्याम्पसमा उनले वरिष्ठ कलाकारहरू कालीदास श्रेष्ठ, गोविन्द डङ्गोल, शशिविक्रम शाहको सङ्गतबाट कलामा राम्रो शिक्षा र प्रोत्साहन पाए।

पढाइपछि उनले ‘इन्जोय नेपाल’ भन्ने पत्रिकामा ‘ग्राफिक आर्ट’को काम शुरु गरेक थिए । त्यहीँ, कामको सिलसिलामा स्वाध्यायनबाट हावाले ‘कम्प्रेसर’को सहयोगबाट क्यानभासमा रङ छरेर चित्र बनाउने ‘एयर ब्रस’लाई अँगाले, जुन आजसम्म कायम छ र त्यसमै आज उनी नाम कहलिएका अग्रणी कलाकारमा गनिन्छन् । हल्का स्केच गरेर ब्रसको प्रयोग नगरिकन एकदमै ध्यानपूर्वक गरिने यो पेन्टिङ शैली धेरै सोचेर गर्नुपर्ने भएकोले यो सुपर रियालिस्टिक काम मानिन्छ। दुरुस्तै पनि देखिन्छ । अहिले कम्प्युटर प्रविधिले गर्दा यसमा कलाकारको त्यति उपस्थिति देखिँदैन ।

ग्राफिक आर्टमा समेत राम्रो दखल राख्ने अशोकमानले विभिन्न मासिक, दैनिक पत्रपत्रिकामा कला निर्देशकका रूपमा लामो अनुभव सँगालेका छन् । पाँच दशक लामो ग्राफिक आर्टको अनुभव सँगालिसकेका उनले १ देखि ५ कक्षासम्मका विद्यार्थीहरूका लागि कला विषयको पाठ्यपुस्तक डिजाइन समेत गरेका छन्। । यी पुस्तकबाट विद्यार्थीहरूले सानो कक्षादेखि नै रङ र पेन्टिङलाई नजिकबाट बुझने क्षमता विकास गर्न सक्छन ।

Categories:

Tags: