पचास वर्षघि पहिलो पटक नेपाल आउँदा डेजी बराइली १५ वर्षी थिइन् । त्यसैबेला आफ्नो सुरिलो स्वरमा उनले रत्न रेकर्डिङमा तीन गीत रेकर्ड गर्ने मौका पाइन् । त्यसमध्ये एउटा गीत सबैको मुखमा झुण्डियोे- भैँसी लड्यो है माया भीरबाट हेर… ।
पहिलो पटक नेपाल आएको ९ वर्षछि २०४१ मा आउँदा उनले बादलमा नाँची हिँड्ने पहाडकी सानी… गीतसहित अरू चार गीत रेकर्ड गरेकी थिइन् । त्यसको ८ वर्षछि मुरलीधरसँग प्रज्ञा भवनमा “गीतल” कार्यक्रममा आएपछि १२ वर्षछि ०५९ मा गोर्खा पार्वत्य परिषद दार्जीलिङको तर्फाट उनी एक सांस्कृतिक कार्यक्रमका लागि काठमाडौँ आएकी थिइन् । नेपाली सङ्गीत क्षेत्रमा झुलुक्क उदाएर बिलाए जस्तो देखिए पनि उनको पाँच दशक सङ्गीत साधनामै बितिरहेको छ ।
पहिलो पटक काठमाडौँमा आएर गीत रेकर्ड गर्दा उनलाई नारायण गोपाल, गोपाल योञ्जनले समेत “सानी नानि गीत राम्रो गाउँछे” भनेर हौस्याए, योञ्जनले आफ्ना गीत समेत उनलाई गाउन दिए । रहरले गीत गाउन शुरु गरेकी डेजीको अल इण्डिया रेडियोमा दुई सय जति गीत गाइसकेकी छिन। पहाडकी छोरी डेजीले दार्जीलिङका श्रोताका लागि ‘मुटु भरीका गीत’ नामक कलेक्सन अल्बम पहिल्यै निकालेकी थिइन् । भैँसी लड्यो है माया, एउटा खुल्ला किताब हुँ म, भिखारी हुँ म, कति बग्यो कति बग्यो, मायालुले सम्झे कि कसो जस्ता गीतहरू उनका चर्चित गीतहरु मध्ये पर्दछन।
