गायक शिशिर बाङ्देलको पहिलो एल्बम ‘सम्झिरहन्छु’

सान्तना रेकर्ड्सले बजारमा ल्याएको उनको गीति एल्बम सम्झिरहन्छुमा नौ गीत रहेका छन् । जसका अधिकांश गीत, सङ्गीत गायक स्वयंकै छन् । उनीबाहेक एल्बममा राकेश खालिङ, राजकुमार थापा, विवेक निरौला, जे. पापी तथा विप्लव प्रतीकका गीतलाई राकेश खालिङ, भगत राई र सुवर्ण लिम्बुले सङ्गीत दिएका छन् ।

यो विशुद्ध आधुनिक गीति सौगात हो । उनले पहिलो एल्बम २०६६ पुष २६, आइतवार आफूलाई सङ्गीत सिकाउने गुरु प्रभु ढकाल र गीतकार विप्लव ढकाललाई प्रमुख अतिथि बनाई यो एल्बमको विमोचन गराएका थिए ।

कार्यक्रममा उनले आफ्नो एल्बमको म्युजिक भिडियोसमेत प्रदर्शन गरेका थिए ।

Tags: