प्रकाश सायमी,
(२०६१ जेठ महिनामा “आहा संगीत” पहिलो अङ्कमा प्रकाशित सामग्री)
‘नारायणगोपालको ‘मखमली आवाज’लाई धेरैले विभिन्न संज्ञा र सम्बोधन दिए । उनको स्वरीता श्रोता र प्रस्तोताका बीच दूरी घटाउने क्रममा सदार्सवदा नेपाली वाङमयको सेवामा समर्पित रहृयो ।
न्ाारायणगोपालको आवाज र माइक्रो फोनका बीचको पाँच इन्चको दुरी मेट्न उनले २०१६ सालदेखि २०४५ सालसम्म जुन मिहेनत गरे, त्यसले गर्दा नेपाली संगीतमा देवकोटा, घिमिरे र बालकृष्ण सम पुनर्जिवित भएका हुन् भन्दा अप्रासाङ्गीक नहोला । युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो वखलढुङ्गा’ लाई गाएरै उनले चित्रमय शुरुवात दिए । ‘मुनामदन’ होस् वा ‘मालतीमङ्गले’, सिनेमा होस् वा नाटक- त्यसमा ग्रहस्वर दिएर उनी कविगायक भए ।
नेपाल होस् वा प्रवास उनी जहाँ पनि हमेशा किम्वदन्ती नै रहे । गीत, संगीत र स्वरका पर्यायवाची मानिने नारायणगोपाल विदेशमा रहेका नेपालीका लागि सांस्कृतिक राजदूत बन्न पुगे, जब उनले सम्मान र सज्जनताका साथ कमारोको, लाहुरेको, सिपाहीको, स्वजनको, सहृदयी प्रेमीको गीत गाउन थाले । स्वरमा भएको उनको जादर्ुइ र्स्पर्श संगीत रचनामा पनि विद्युतीय चमत्कार भएर देखापर्यो । आफ्नो संगीतमा उनले लोकलयको भावग्रहण गरे, उदाहरणका लागि ‘ए कान्छा ठट्टैमा…’ बोलको गीतमा सीलु म्येको प्रयोग । उनले आफ्नो संगीत संयोजनमा अप्राप्य बाजाको पनि सम्मिलन गराएर न्यायदूत भएका छन् ।
नारायणगोपाल जति राम्रा गायक थिए, त्यति नै राम्रा श्रोता पनि थिए भन्ने कुरा उनले आफूसँग गाउन छानेका सहगायक वा गायिकाबाट पुष्टि हुन्छ । उनले मौलिकतालाई जोड दिए र स्थायित्वलाई बल दिए, जसले गर्दा उनको स्वरमा निख्खरता र निखारपन हमेशा कायमै रहृयो ।
आफ्नो मातृभाषामा गीत गाएर सांगीतिक जीवन शुरु गर्ने नारायणगोपालले जीवनभर नेपाली भाषाको मात्र सेवा गरे । साँचो अर्थमा उनी नेपाली जातिका हृदयगायक हुन् ।
उनको देहान्त हुँदा एक संगीत समीक्षकले लेखेका थिए- ‘र्सार्क संगीतमा बर्खी परेको छ ।’ भनाईको शाश्वत पक्ष आफ्नै ठाउँमा होला, तर उनले गाउन शुरु नगरेको भए नेपाली संगीत लाटो हुने थियो ।
