५ बर्षदेखि लिभ इन टुगेदरमा छवि र अभिनेत्री शिल्पा पोखरेल , शिल्पासँग बिहे भएको छवि ओझाले स्वीकारे

Written by Artist Sansar

अभिनेत्री रेखा थापासँग तेस्रो बैबाहिक सम्बन्ध टुंग्याएपछि एक्लो जीवन विताइरहेका निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग बिबाह भएको स्विकार गरेका छन् ।

५ वर्षअघि आफैले निर्माण गरेको चलचित्र लज्जाबाट डेब्यू गरेकी अभिनेत्री पोखरेल र छवि केहिबर्षदेखि गहिरो प्रेमसम्बन्धमा थिए । केहि हप्ताअघिदेखि निरन्तर मिडियामा उनिहरुले सुटुक्क बिहे भएको खबर आएपछि छविले यो कुरा स्विकार गरेको बताइन्छ ।

५ बर्षदेखि लिभ इन टुगेदरमा रहेका उनिहरुले अहिलेसम्म बिहे भएको बताएका थिएनन् । हालै एक अन्तरवार्तामा ओझाले आफुहरु श्रीमान–श्रीमती भएको बताएका छन् । उनले भने, ‘मैले शिल्पा जीसँग ५ वर्ष अघि बिहे गरिसकेको थिएँ । किनभने, उहाँसँग मेरो ५ वर्ष अगाडी निर्माण भएको चलचित्र ‘लज्जा’ को बेला भेट भएको थियो, त्यसबेलादेखि हामी सँगै छौं ।’

उनले आफ्नो फेसबुकमा आफु र शिल्पासँगको फोटो शेयर गर्दै लेखेका छन् । ”my life begins with you and want to end with you… if anybody wants to say anythings then now am not going to listen🌹”

शिल्पाकै कारण उनिहरुको बिहेको खबर बाहिर आउन नसकेको श्रोत बताउँछ । श्रोतका अनुसार उनिहरुले काठमाण्डौं नजिकैको एक रिसोर्टमा दुई परिवारको सहमतीमा केहिबर्षअघि बिहे गरेका थिए ।

About the author

Artist Sansar