भारतको लोकसभा निर्वाचनमा बलिउडका चर्चित सनी देओल र हेमा मालिनी विजयी

Written by Artist Sansar

नयाँ दिल्ली, जेठ १० । भारतको लोकसभा निर्वाचनमा बलिउडका केही चर्चित हस्ती प्रत्यक्ष रुपमा होमिएका थिए । तीमध्ये केही जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही पराजित भएका छन् ।

अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीको उम्मेदवारका रुपमा पञ्जावको गुरुदासपुर क्षेत्रको चुनावी मैदानमा होमिएका थिए ।

विपक्षी दल कांग्रेसलेरा म्रो नतिजा ल्याएको सो प्रदेशमा भारतीय जनता पार्टीबाट विजयी हुने चार सांसदमध्ये सनी देओल एक हुन् । उनले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गरे ।

त्यस्तै बलिउडमा आफ्नो जमानामा ‘ड्रिम गर्ल’ उपनाम पाएकी हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । उनी मथुरा क्षेत्रबाट उम्मेदवार भएकी थिइन् । उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।

About the author

Artist Sansar