बिहेपछि मात्र।।।।, हुन्न र !

(२०६१ जेठ महिनामा “आहा संगीत” पहिलो अङ्कमा प्रकाशित सामग्री)

संगीतमा लगाव भयो भने मान्छे कसो गर्छन् भन्ने उपयुक्त उदाहरण पछिल्लो सांगीतिक पुस्ताका नयाँ अनुहार कूल पोखरेललाई लिए पुग्छ । तीन वर्षघि उनका बाबा, जो सफल व्यापारी पनि हुन्, ले उनलाई बेलायत व्यापार कौशल पढ्न पठाए । तर बाबाले इच्छ्याएको पर्ढाई दर्ुइ वर्षै सकेर उनले डिजिटल संगीतबारे पनि पढेर अहिले फर्किएका छन् । बेलायतमा म्युजिकल इन्स्ट्रुमेन्ट डिजिटल इन्टरफेस (मिडी० विषयमा डिप्लोमा गरेर आउने एक मात्र नेपाली हुन् भन्ने दाबी नगरे पनि नेपालमा यो नितान्त नौलो विषय भएको उनी बताउँछन् । यो एक किसिमको कम्प्युटर प्रोग्रामिङ्ग हो, जसको मद्दतले संगीतका क्षेत्रमा थप नयाँ काम गर्न सकिन्छ ।

उमेरमै युरोप भ्रमण गरेपछि उनलाई नेपाल र नेपाली हुनुको महत्व थाहा भयो । अहिले उनको ध्याउन्न भनेको नेपाली गीत संगीतलाई नेपालबाहिरका श्रोताहरुलाई कसरी रिझाउने भन्नेबारेमा रहन थालेको छ । उनी भन्छन् नेपालबाहिरका नेपाली भाषीभन्दा अलग संस्कार र संस्कृतिका व्यक्तिहरुलाई नेपाली गीत सुनाउने अभियानका लागि आफूलाई तयार पारिरहेको छु भन्दा धेरै जना हाँस्छन् होला । हुन पनि यो एक किसिमले असम्भव जस्तै छ । तर मैले त्यहाँ गएर यो बुझें, नेपाली गीतहरु पनि बेलायत अमेरिकातिर चर्चित र लोकप्रिय हुनसक्छन् तर त्यसका एउटा गतिलो च्यानल र उस्तै अनुभवी एल्वम प्रोड्यूसर भेट्नु पर्छ ।

नेपालमा प्रशस्त कुरा छन्, जुन विदेशीहरुका लागि निकै रुचिकर र प्रिय लाग्न सक्छन् । त्यसका लागि यहाँ भएका कुरालाई विदेशीमाझ व्यवसायिक रुपमा पस्कन सक्नर्ुपर्छ । यो यात्राका लागि कूल पोखरेल तयार देखिन्छन्, भन्छन् मलाई थाहा छ, यो काम निकै गाह्रो छ । हामीले गरेर देखाउन सक्नर्ुपर्छ र उनीहरुलाई विश्वास दिलाउन सक्नु पर्छ ।

विदेशतिर तेस्रो मुलुकका नयाँ कुरालाई प्रोमोट गर्ने बेग्लै अध्ययनकर्ता हुन्छन् । उनीहरु प्रोफेशनल हुन्छन्, यही विषय पढेर खारिएका । तिनको कानमा यदि यहाँको संगीतले ठाउँ पाउन सक्यो भने हाम्रो भाग्य कहाँबाट कहाँ पुग्छ भन्ने ठम्याईमा पुगेका छन् उनी । तर उनको धरातल नेपालमै छ । उनी यहीँका विभिन्न चाड, पर्व र जात्रामा बजाइने बाजालाई आफूले सिकेको ज्ञान मीडी पद्धतिबाट अझै फराकिलो पार्ने सोचाईमा छन् ।

अहिले उनको गीति एल्वम हुन्न र ( बजारमा आएको छ । यसअघि उनले आमा निकालेका थिए, जुन एल्वमको उति राम्रो पर््रवर्द्धन पनि भएको थिएन र उति रुचाइएको पनि थिएन । उनी यस पटक आफ्नो अघिल्लो एल्वममा भएका गल्ती सुधारेर बजारमा निस्किएका छन् ।

तर उनले आफ्नो गीति एल्वमलाई बढी व्यवसायिक भन्दा पनि प्रयोगात्मक भन्न रुचाउँछन् । त्यो किन भने विदेशीहरुलाई आफ्नो प्रयोग सुनाउन यो एल्वममा एउटा इन्स्ट्रुमेन्टल हालेका छन् रोयल ट्यून नामबाट । जसमा मालश्री धुनलाई आफूले सिकेको मिडी पद्धतिबाट अत्याधुनिक गराएका छन् । यसो गर्दा विदेशीहरुलाई सुरुचिपर्ूण हुनसक्छ भन्ने उनको दाबी छ । आफ्ना भावी कार्यहरु पनि यसै किसिमका हुने उनी बताउँछन् । हुन्न र गीति एल्वममा गितार र स्वरको मात्र प्रयोग भएको र बाँकी सबै धुन तथा ध्वनिहरु मिडी पद्धतिबाट हालिएको छन्, जुन उनले बेलायतबाट सिकेर आएका थिए ।

हुन्न र को मुख्य विषय

शास्त्रीय र आधुनिक गीतका पारखीहरुका लागि यो एल्वम एउटा बकवास लाग्न सक्छ । एल्वमको पहिलो गीत नै ुबिहेपछि मात्र गरौंला।।। भन्ने छ । जसको अर्थ दर्ुइ युवायुवतीहरुबीच बिहेअघिको यौन सर्म्पर्कलाई राम्रो होइन, बिहेपछि गरेको नै राम्रो भन्ने सन्देश दिइएको छ । कूलले यो गीत कुनै समयका प्रेमी प्र्रेमिका तर अहिले विवाहित भइसकेका लोग्नेस्वास्नीबीच पहिलेका कुरा सम्झेभै गरी गाएका छन् ।

मलाई अझै पनि याद आउँछ
जब तिमी र म मात्र हुन्थ्यौं
एक अर्काको हात समाई हिंड्थ्यौं
धेरै बेरसम्म रमाइबस्थ्यौं
एक अर्कालाई हेरि टोलाई बस्थ्यौं
एक अर्काको हात समात्दै
कसैले नदेख्ने गरी ओठमा ओठ जोडी बस्थ्यौं
अनि एक्कासि तिमी भन्थ्यौ
हुन्न र (
अहिले होइन बिहेपछि मात्र गरौंला । एकै छिनको त कुरा हो नि १

धेरैलाई यो आपत्तिजनक गीत बनेको छ । धेरैले यस्तो पनि गीत हुन्छ ( भनेर आलोचना गरिरहेका छन् । तर यो गीत युवापुस्ताबीच लोकप्रिय हुँदै गएको छ र युवापुस्तालाई निकै ठूलो सन्देश पनि छाडेको छ । विवाहअघि यौनसर्म्पर्क नगर्नु नै वेश हो, हामीले गरेनौं राम्रो गरेछौं ।

उनलाई यो गीत बेलायतमा फुरेको थियो, त्यहाँको जीवनशैली र टुट्दो पारिवारिक जीवनका कारण । त्यहाँ विवाहपर्ूव यौन सर्म्पर्कमा बन्देज भए पनि खुला यौन विचारका युवापुस्ताका कारण धेरैको विचल्ली भएको छ । खुला यौन धारणा, खुला यौनिक क्रियाकलापका कारण त्यहाँका ५० प्रतिशतभन्दा बढी युवतीहरु २० वर्षहुनुअघि नै गर्भधारण गरिसकेका हुन्छन् । यसले त्यहाँको सामाजिक मान्यतालाई नै विचलनमा ल्याएको छ ।

कूल पोखरेलले यस्तो गाइजात्रे पारा देखेपछि उनलाई लाग्यो, नेपालीहरु धेरै अर्थमा सम्पन्न छन् । कम्तीमा केटीहरु अझै केटाहरुलाई बिहेपछि मात्र गरौंला त भन्छन् । त्यो बिहेपछि नै ठीक हुँदोरहेछ बेलायतमा रहँदा देखेका कतिपय घटनाबाट पाठ सिकेका कूल पोखरेलले त्यही अनुभवलाई नेपाली दृष्टिकोणमा ढालेर गीत बनाएका हुन् ।

दर्ुइ साताअघि मात्र अमेरिकामा टिनएजरहरुको एउटा समूहले विवाहअघि हुने यौन सर्म्पर्कका विरुद्धमा अभियान नै शुरु गरेका छन् । यो देखेर कूललाई रमाइलो लागेको छ । आफूले रचेको त्यही आशयको गीत बजारमा आउनु पनि, अमेरिकामा त्यस्तै अभियान शुरु हुनु पनि ।
त्यसैले आफ्नो पछिल्लो एल्वमको सफलताका बारेमा उनी ढुक्क हुँदै भन्छन् गीतले युवाहरुको ढुकढुकी छाम्न सक्नर्ुपर्छ, त्यो हिट हुन्छ ।

पुरेतले राखेको नामः कूल पोखरेल
जन्मः सुनौल, नवलपरासी
मितिः बैशाख २६
शिक्षाः बिजनेश एडमिनिष्ट्रेशन (डिप्लोमा ग्रयाजुएशन०, बेसिक इन म्युजिक टेक्नोलजी (मीडी०
सबैभन्दा मन पर्ने ठाउँः जहाँ हरियाली पहाड हुन्छ, नेचुरली ब्युटि जहाँ पनि ।
सबैभन्दा प्यारो चिजः गीतार
सबैभन्दा बढी मायाः गीतार
जीवनको सपनाः नेपाली धुनलाई विश्वव्यापी गराउने ।

Tags: