प्रेमदेखि विवाहसम्म : आशा भोसलेकी छोरी र नेपाली मोडल विक्रम जोशीको कथा

बलिउड फिल्म नगरीकी लोकप्रिय गायिका आशा भोसलेकी छोरी हिरल अमिनको पति नेपाली मोडल विक्रम जोशी हुन्। उनीहरुले ७ वर्षदेखिको प्रेमलाई २००४ को जनवरीमा लण्डनमा विवाहमा परिणत गरेका थिए ।

विवाहका दिन गायिका आशा भोसले विमान चार्टर गरेर लण्डन पुगेकी थिइन् र नव–विवाहिता दम्पत्तिलाई आशिर्वाद दिएर फर्केकी थिइन् । यी जोडी दुवै लण्डनमा चार्टर, एकाउन्टेन्टको अध्ययन पूरा गरेर उतै सेटल छन् ।

मोडल जोशीले वरिष्ठ गायक दीप श्रेष्ठको ‘कहीं कतै तिम्रो जीवन’ बोलको गीतको म्युजिक भिडियोमा मोडलिग गरेका थिए।

Categories:

Tags: