नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक

Written by Artist Sansar

नेपाल आइडलको तेस्रो सिजनको प्रोमो सार्वजनिक भएको छ । पहिलो र दोस्रो सिजनमा निक्कै लोकप्रियता कमाएको रियालिटी शो नेपाल आइडलको तेस्रो सिजनको प्रोमो सार्वजनिक भएको हो ।

रियालिटी शोको प्रचारका लागि सार्वजनिक गरिएको प्रोमोमा कार्यक्रम कहिलेबाट सुरु हुन्छ भन्ने खुलाईएको छैन् । चाँडै आउँदै छ भनेर निर्माण गरिएको प्रोमो सार्वजनिक गरिएको हो ।

नेपाल आइडल सिजन–१ मा बुद्ध लामाले शिर्ष उपाधि जितेका थिए । दोस्रो सिजनको टाइटल विजेता रवी ओड हुन् ।

About the author

Artist Sansar