गायक कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरीको आरोप

Written by Artist Sansar

काठमाडौं- गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरी गरेको आरोप लागेको छ।

बाँस्कोटाको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकको आवाजमा रहेको गीत ‘समाचार’को संगीत चोरी भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले चोरीको आरोप खेप्दै आइरहेको छन् । ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप सेलाउन नपाउँदै कालीलाई पुनः अर्को चोरीको बात लागेको छ ।

१० महिना अगाडि आफूले फेसबुकमा सार्वजनिक भएको ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ‘समाचार’ बोलको गीतको संगीत मिलेको दाबी बिक्की महतको छ ।

कालीप्रसाद बास्कोटाले भने यसबारे केही थाहा नभएको बताएका छन् । उनले भने, ‘गीत मिलेको छ भनेर मलाई एक दुई जनाले म्यासेज गर्नुभएको थियो तर, यसबारे मलाई केही जानकारी छैन । उहाँ मसँग कुरा गर्न आउनु भएको पनि छैन ।’

About the author

Artist Sansar