करिश्माको करिश्माई यात्रा

१४ वर्षको उमेरमा नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी करिश्मा मानन्धरले लगातार २४ वर्षसम्म यस क्षेत्रलाई आफ्नो स्वर्णिम समय समर्पण गरिन्। अहिले उनी अमेरिकाको बाल्टिमोरमा बसोबास गरे पनि दर्शकको माया र स्मृतिबाट उनी कहिल्यै टाढा हुन सकिनन्। जहाँ पुगे पनि उनको एक झलक पाउन दर्शक टाढाटाढाबाट आइपुग्छन्।

स्कूले शिक्षा मात्रै प्राप्त गरेकी करिश्मालाई नाटक, नृत्य वा अभिनयको औपचारिक ज्ञान थिएन। तर हेर्न, बुझ्न र सिक्न चाहने जिज्ञासा भने प्रबल थियो। पछाडि फर्केर हेर्दा उनलाई आज पनि अचम्म लाग्छ—यत्तिका वर्ष कसरी चलचित्रमा बिते होलान्!

पहिलो कदम : ‘सन्तान’देखि ‘मायालु’सम्म

पहिलो चलचित्र

‘सन्तान’ चलचित्रबाट यस उद्योगमा छिरेकी करिश्मालाई उनको अभिनय प्रतिभाले भन्दा पनि उनको अनुहारको ‘ग्ल्यामर’ले अरुलाई आकषिर्त गर्‍यो । त्यसैले त चलचित्रका निर्देशक स्वर्गीय प्रकाश थापाले करिश्माको हजार अज्ञानताका वावजूद ‘सन्तान’मा खेलाई छाडे । कडा स्वभावका स्वर्गीय थापाले उनलाई कहिलेकाहीँ त लठ्ठीले समेत लघेर्ने गर्थे, भनेको नमान्दा-नटेर्दा ।

बानेश्वरकी एउटी साधारण केटी चलचित्र उद्योगमा प्रवेश गरेपछि उनले आफूलाई धेरै सुधार गर्नुपर्ने आवश्यकता महसूस गरिन् । तरै पनि निर्देशक शम्भु प्रधानले उनलाई ‘मायालु’मा एउटा पर्ूण्ा नायिकाको भूमिका दिए । जहाँ रुनु, कराउनु, भावुकता देखाउनु, हाँस्नुका अतिरिक्त नृत्य पनि गर्नु पर्दथ्यो । करिश्मालाई नाच्नु काउछो खेलाउनु सरह थियो, जसले उनलाई भतभति पोल्थ्यो । तर गाली गर्दै, लठ्ठी देखाएर तर्साऊदै नृत्य निर्देशक वसन्तजङ्ग रायमाझीले उनबाट काम लिएरै छोडे ।


मुंबईको अनुभव : पेशागत रूपान्तरण

‘’मायालु’मा काम गरिसकेपछि उनलाई महसूस भयो, मेरो कर्मथलो चलचित्रबाहेक अरु हुन सक्तैन अब । यसपछि उनी आफूलाई समयअनुसार ‘अपडेट’ हुन मुर्म्बई पुगिन्, जहाँ उनले मधुमति नामकी चर्चित भारतीय कलाकारसँग अभिनयको प्रशिक्षण लिइन् । त्यतिबेला तब्बु, करिश्मा कपूरहरु उनबाटै प्रशिक्षण लिइरहेका थिए । त्यहाँ पुगेपछि उनलाई थाहा भयो- अभिनय केटाकेटीको खेल होइन । यो एउटा कला हो र यसमा डुब्न सके जीवनकै सबैभन्दा उत्तम काम गर्न सकिन्छ ।

छ महिने अभिनयको प्रशिक्षणपछि चर्चित टेलिश्रृंखला ‘चन्द्रकान्ता’का निर्देशक सुनील अग्निहोत्री नयाँ अनुहारको खोजी गर्दै मधुमतिको प्रशिक्षणशाला आइपुगे । करिश्माको सौर्न्दर्यबाट मुग्ध सुनीलले उनलाई तत्काल ‘चोरों की बारात’मा अनुबन्ध गरे । चलचित्रको सुटिङ सकिएपछि उनको कामबाट प्रभावित सुनीलले अन्य दुइ चलचित्रका लागि अनुबन्ध गर्ने कुरा गरिरहेकै बेला काठमाडौँ फर्किन् । जसबेला चर्चित छायाँकार गौरीशंकर धुँजुले एउटा चप्पलको विज्ञापनमा करिश्मालाई खेलाए ।


विनोद मानन्धरसँगको भेट र जीवनको मोड

चलचित्र भनेपछि हुरुक्क हुने विनोद मानन्धरले ‘कस्तुरी’ चलचित्रमा नयाँ अनुहारको खोजी गर्दै गरेको बेला सोही चलचित्रका छायाँकार धुँजुले करिश्मासँग भेट गराइदिए । चलचित्र ‘कस्तुरी’ बेलायतमा छायाँकन भएको एक मात्र चलचित्र साबित भयो तर चलचित्र सकिएपछि विनोद करिश्माको प्रेममा गम्भीर आशक्त भए । बिहेको प्रस्तावसमेत राखे, दुइ महिनासम्म सोचेर उनले विनोदसँग बिहे गर्न राजी भइन् ।

चलचित्रको सीमित बजार, चर्को प्रतिस्पर्धा, असुरक्षित जीवन- अनेक सोचेर विनोदसँग बिहे गर्नु नै उनले उत्तम ठानिन् । पहिले नै खेल्न स्वीकृति जनाइसकेका ‘अरुणिमा’ र ‘मनकामना’मा काम गरेर उनी उद्योगबाट संन्यास लिनेबारे सोचिरहेकी थिइन् । उनी एउटा असल श्रीमती र आमा हुन चाहन्थिन् । तर् इश्वरले उनका बारेमा अर्कै सोचेका थिए ।


किसिङ स्क्यान्डल : चर्चाको केन्द्र

‘मनकामना’मा शिव श्रेष्ठ र करिश्माबीचको अत्यन्तै अन्तरङ्ग ओठ चुम्वन र्सवाधिक चर्चाको विषय रहृयो । त्यो चुम्वनले दर्शकहरुलाई चुम्बकझैँ तान्यो र मनकामना त्यो बेलाको हिट चलचित्र बन्न सफल भयो । त्यसपछि भुवन केसीले करिश्मालाई केन्द्रविन्दु बनाएर ‘सपना’ चलचित्र बनाउने भए । उद्योगबाट संन्यास लिनेबारे सोचिरहेकी करिश्मालाई भुवन केसीको प्रस्तावले फेरि उद्योगमै फर्कन बाध्य पार्‍यो । सपना पनि त्यो बेलाको अर्को सुपरहिट चलचित्र साबित भयो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

यसपछि उनको जीवनमा अर्को घटनाले सबैसामू र्छलङ्ग हुने अवसर पायो । ‘महादेवी’ चलचित्रमा भुवन केसीले उनको ओठमा चुम्बन गर्ने दृश्य खिच्दा निर्देशक नारायण पुरीले विनोद मानन्धरबाट पिर्टाई खानु पर्‍यो ।

करिश्मा यतिबेला सम्झन्छिन्- ‘त्यो बेला मलाई यस्तो लाग्यो, एउटी नारीको अस्मितामाथि धावा बोलिदैछ । मलाई त्यसरी खिचेको पटक्कै मन परेन । वरिपरि स्कूले केटाकेटी, वयस्क मान्छेहरु भुवन केसीले ओठैमा जबरजस्ती ‘किस’ गरिरहेको दृश्य हेरेर रमाइरहेका थिए । उनीहरु थपडी मारिरहेका थिए । मलाई त्यो एउटा ठूलो ‘इन्सल्ट’ गरेजस्तो लाग्यो । फेरि त्यसबेला मेरो गर्भमा छोरी (कविता) थिई । म बढी नै भावुक भएकी थिएँ । म केटाकेटी नै थिएँ, त्यो अवस्थाको सामना कसरी गर्ने भन्ने बारे ! अहिले त्यस्तो अवस्था आइपरेको भए मेरो समाधानको बाटो नै अर्कै हुन्थ्यो होला ! त्यसपछि त्यो दर्ुघटना घट्यो, जुन अहिले सम्झँदा नभएको भए हुन्थ्यो जस्तो लाग्छ ।’


राजेश हमालसँगको अविस्मरणीय जोडी

करिश्माले शिव श्रेष्ठ, भुवन केसीदेखि निखिल उप्रेतीसम्म धेरै कलाकारसँग काम गरिन्। तर दर्शकले सबैभन्दा बढी मन पराएको जोडी भने करिश्मा–राजेश हमालको रह्यो।
उनले निर्माण गरेको पहिलो चलचित्र ‘ढुकढुकी’मा पनि राजेशलाई नै मुख्य भूमिकामा लिएर काम गरिन्। ‘सन्तान’, ‘मनकामना’, ‘सपना’, ‘साथी’, ‘वसन्ती’जस्ता सफल चलचित्रले उनको स्थान अझै मजबुत बनायो।


अभिनेत्रीदेखि निर्मातासम्म

विनोद र करिश्मा दुवै चलचित्रप्रेमी भएकाले उनीहरूले निर्माणमा हात हाल्ने निर्णय गरे। पहिलो चलचित्र ‘ढुकढुकी’ सफल भयो। गीत, कथा, सुटिङ—सबैमा करिश्माको सक्रियता थियो।
तर दोस्रो चलचित्र ‘बाबुसाहेब’ले भने उनीहरूलाई ठूलो आर्थिक र भावनात्मक चोट दियो। ७० लाख लगानीको चलचित्रले १० लाख पनि नउठाउँदा करिश्मा गहिरो निराशामा परिन्। महिनौँसम्म कसैसँग कुरा गर्न मन लागेन।


अमेरिका यात्रा : जीवनको अर्को पाठ

चलचित्रमा लागेको ठूलो घाटा उठाउन करिश्मा अमेरिका पुगिन्। बाल्टिमोरमा बस्दै काम गर्दा उनले जीवनको वास्तविकता नजिकबाट बुझिन्—देशको मूल्य, परिवारको महत्व, श्रमको सम्मान, र कलाको गहिरो अर्थ।
घरमा सानो काम पनि नगर्ने उनी अमेरिकामा बर्गर बनाउँदा जीवनले सिकाउने पाठ कति फरक र गहिरो हुन्छ भन्ने महसुस गरिन्।


अधूरो पढाइदेखि SEE (3 GPA) र कलेजसम्म

करिश्माले सानै उमेरदेखि चलचित्रमा व्यस्त जीवन बिताएकी थिइन्, जसले गर्दा उनको औपचारिक पढाइ बीचमै रोकिएको थियो। तर पछिल्ला वर्षहरूमा उनले आफ्नो शिक्षा पुनः सुरु गर्ने साहसिक निर्णय गरिन्।
कक्षा ७ मा उनी त्रिवेणी पब्लिक स्कूल, मैतिदेवी मा भर्ना भइन्। कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिन ग्यालेक्सी पब्लिक स्कूल पुगिन ।त्यसपछि कक्षा १० को SEE परीक्षा सेन्टर विजय स्मारक मा.वि., डिल्लीबजार थियो। सार्वजनिक नतिजाअनुसार करिश्माले 3 GPA (B+) ल्याइन्। उमेर, व्यस्तता र जिम्मेवारीबीच पनि नियमित विद्यार्थीको रूपमा तीन वर्ष अध्ययनमा बिताईन। SEE पछि उनले किटिनी सामुदायिक कलेज, गोदावरी मा कक्षा ११–१२ अध्ययन गरिन्।


टेलिभिजन र Reality Shows : नयाँ भूमिकामा करिश्मा
चलचित्रबाट केही दूरी बनाए पनि करिश्मा टेलिभिजनमा पनि सक्रिय भइन्। उनलाई Reality Shows मा एक प्रभावशाली उपस्थिति बनायो।
सबैभन्दा चर्चित शो मध्येको एक ‘मुन्द्रेको कमेडी क्लब’ Season 2 मा अध्यक्ष (Chairperson) को भूमिकामा करिश्माले नेतृत्व सम्हालिन्।
जितु नेपालले सञ्चालन गर्ने यो शोमा करिश्माको उपस्थिति दर्शकले निकै रुचाए।

Tags: