हाम्रो मेलम्ची, राम्रो मेलम्ची

प्रकृतिले हराभरा भएको पर्यटकिय नगरी मेलम्ची, जहाँ अनेकौ. सम्भावनाहरु रहेका छन । तालामाराङको समथर फाँट, दुवाचौरको ुमणिय दृष्य, ज्यामिरेको गुफामा बन्न लागेको चिया बगान, शिखरपुरको खेतियोग्य जमिन, मेलम्चीको चिल्ड्रेन पार्क, बाँसबारी तथा फटकशिलाको क्रशर, भोटेचौरको चिया बगान, हैबुङ र थकनिको मनोरम दृष्य मिलेर बनेको नगरमा बस्न पाउनुने सौभाग्यको कुरा हो ।
मेलम्ची वासिले एकपटक हेर्नै पर्ने, मेलम्चीको पहिचान दिलाउनको लागि ओम कला केन्द्रले हालसालै चेतनामुलक “हाम्रो मेलम्ची” बोलको गित सार्वजनिक गरेको छ । सो गितको रचना र संगित बाबुल गिरीले गर्नुभएको छ भने रामराज स्याङबो, ओम तामाङ, वसन्ति लामा र प्रविन श्रेष्ठको शुमधुर आवाजमा रहेको छ ।उक्त गितको म्युजिक भिडियोमा ओम तामाङ, शुन्दर शिरीश,रमिला आचार्य लगाएतलाई देख्न पाईन्छ । भिडियो मेलम्ची र आसपासका क्षेत्रमा सुटिङ गरीएको छ । भिडियो तयार पार्न क्यामेरामा प्रकाश तामाङ र ईडिटिङमा रोशन फ्युवा तामाङले साथ दिनुभएको छ ।

Categories:

,

Tags:


Comments are closed.