‘आर्दश जोडी सम्मान २०७६’ बाट सम्मान गरिने अभिनेता निश्चल र स्वस्तिमा खड्कालाई

Written by Artist Sansar

महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गरेको अवसरमा जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान गरिने भएको छ । दुईलाई ‘आर्दश जोडी सम्मान २०७६’ बाट सम्मान गर्न लागिएको हो ।

ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा हुन लागेको ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले बताएकी छन् । उनका अनुसार, यही साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुनेछ ।

कार्यक्रमको उद्घाटन साउन १६ गते दिउँसो साढे ३ बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नेछन् । विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले हरेक वर्षको तिजमा विभिन्न सांस्कृति कार्यक्रमसँगै एक आर्दश जोडीलाई पनि सम्मान गर्दै आएको छ ।

About the author

Artist Sansar