आर्टिस्ट नेपाल । चर्चित निर्देशक दीपक रायमाझीको निधन भएको ४५ औँ पूण्य तिथिक दिनमा चलचित्र निर्देशक समाजले स्मृति एवं श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त कार्यक्रममा ब्यावसायिक ढङ्गबाट प्रेमकथामा आधारित भएर चलचित्र निर्माण गर्ने ट्रेन सुरू गर्ने चलचित्र ‘युगदेखि युगसम्म ‘ को प्रदर्शन पनि गरिएको थियो । युगदेखि युगसम्म राजेश हमाल अभिनित पहिलो चलचित्र हो । राजेश हमाल स्व. रायमाझीमा भान्जा हुन् ।
चलचित्र प्रदर्शन पक्षात नायक राजेश हमाल, संगीतकार शम्भुजित बास्कोटा, प्रदीप उपाध्याय, चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारी , निर्देशक समाजका अध्यक्ष केपी पाठक , अभिनेता बिश्व बस्नेत , निर्देशक शिव रेग्मी, र छोरी हिमानी रायमाझीले स्वर्गीय दीपक रायमाझी संगको क्षणहरु सम्झना गरेका थिए ।
निर्देशक रायमाझीले युगदेखि युगसम्म’ ‘कसम’, ‘प्रियसी’, ‘पराईघर’, ‘हाम्रो मिलन कहिले हुन्छ’लगायतका १६ वटा फिल्म निर्देशन गर्नुभएको छ भने उहाँका ‘लभस्टोरी २०६६’ र ‘चाडै आऊ है’ प्रदर्शनको तयारीमा छन् भने ‘डेष्टीनेशन काठमाण्डू ‘ को निर्माण कार्य पूरा भईसकेको छैन ।