सन्जिप प्रधान र सरिश्मा अमात्यलाई ‘भ्यालेन्टाइन फिवर’

Written by ArtistNepal News

विगत केही वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका गायन जोडी सन्जिप प्रधान र सरिश्मा अमात्यलाई ‘भ्यालेन्टाइन फिवर’ को मुख्य आकर्षक बनाइएको थियो ।

मंगलबार दिउँसो ३ बजेदेखि नै कमलाक्षी, जमलस्थित माल्टा रेस्ट्रो एन्ड बारमा युवा-युवतीहरूको हुल प्रवेश गर्न थाल्यो । साँझ ४ नबज्दै त्यहाँ नृत्य गर्नेहरूको एउटा राम्रो भीड जम्मा भयो । रातो र कालो रंग मिश्रति पहिरन लगाएका युवा-युवतीहरूलाई नचाउने डिजेहरूले नेपाली र हिन्दी गीतसँगै अंग्रेजी गीतसमेत बजाए ।

डान्स पार्टी सम्पन्न भएपछि साँझ ७ बजेदेखि सांगीतिक कार्यक्रम प्रारम्भ भयो । विगत केही वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका गायन जोडी सन्जिप प्रधान र सरिश्मा अमात्यलाई ‘भ्यालेन्टाइन फिवर’ को मुख्य आकर्षक बनाइएको थियो । धेरैपछि स्वदेशमा आफ्ना साथीभाई तथा प्रशंसकका सामुन्ने गीत सुनाउन पाएकोमा उनीहरू दंग थिए ।

राइज म्युजिकको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गायक प्रधानले आफ्नो चर्चित गीत ‘देउरालीको चौतारीमा’ सुनाउन बिर्सेनन् भने गायिका अमात्यले पनि ‘तिमी नै दिलको घड्कन’ लगायत आफ्ना आधादर्जन लोकपि्रय गीत सुनाइन् । उनका गीतमा आगन्तुकहरू रमाउँदै मध्यरातसम्म नाचिरहे । कार्यक्रममा फरहाज अर्पण, रुसिल खतिवडा, असिम इमान चाम्लिङ आदि गायकले पनि आ-आफ्ना गीत सुनाएका थिए । हास्य कलाकार रेशम फिरीरीको हास्य प्रस्तुति पनि आकर्षक रह्यो ।

उक्त कार्यक्रममा राईज म्युजिकले प्रकाशित गरेको अंग्रेजी भाषाको पत्रिका ‘हाम्रो आर्टिष्ट’ को विमोचन समेत गरिएको थियो । पत्रकार कृष्ण भट्टराई, गायक सञ्जिप प्रधान, गायिका सरिष्मा अमात्य तथा राईज म्युजिकका प्रमुख बिनोद सिंहले उक्त पत्रिका संयुक्तमा विमोचन गरेका हुन् । नेपाली कलाकारहरुमा मात्र समेटिने यो मासिक पत्रिका हाल निशुल्क उपलब्ध गराइएको राइज म्युजिकले जनाएको छ । केही समयपछि यो पत्रिका राईज म्युजिकले बजारमा ल्याउने गीति संग्रह संगै उपलब्ध हुनेछ ।

About the author

ArtistNepal News

आर्टिस्टसंसार डटकम, आर्टिस्टनेपाल द्वारा प्रकाशित अनलाईन पोर्टल हो। आर्टिस्टनेपाल न्युजका लागी सम्पादक, निर्देशक तथा फोटोग्राफर नव ढुङ्गेल हुन्। ढुंगेलकोबारे थप जान्न उहाँको व्यक्तिगत वेबसाईट https://navadhungel.com भ्रमण गर्नुहोस।