news

पुर्वमिसनेपाल श्रृङ्खला खतिवडा र सिशन बीच प्रेमको चर्चा

टर्कीमा श्रृङ्खलाले सिशन बाँनियासँग खिचेको तस्वीरसँगै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको छ।

यतिबेला सोसल मिडियामा भाइरल बनिरहेको उक्त तस्बिरमा सिशनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएकी छिन् । सिशन र श्रृङ्खलाको प्रेमको चर्चा नयाँ होइन । यद्यपि यो विषयमा दुबैले मुख खोलेका छैनन् ।

सन् २०१८ की मिस नेपाल श्रृङ्खला अहिले विदेशमा छिन् । टर्की पुगेसँगै उनको प्रेमले पनि चर्चा पाएको छ । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर इन्स्टाग्राममा देख्न सकिन्छ ।

यहीवीचमा, श्रृङ्खला खतिवडाले टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेकी छिन् । श्रृङ्खलाले सिशनको नाम आफ्नो सफलतासँग जोडेर लिने गरेकी छिन् । सिशन एक भ्लगर हुन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएको भिडियोले निकै नै चर्चा पाएकाे थियो ।